कागजमै सिमित भयाे राष्ट्रिय चिया नीति
नेपालबहस संवाददाता
भदौ २६, २०७७ शुक्रबार २३:७:७
२५ भदौ, इलाम । राष्ट्रिय चिया नीतिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा चिया क्षेत्र नाजुक स्थितिमा पुगेको छ ।चिया नीतिमा राम्रा विषयवस्तु समेटिए पनि कार्यान्वयन हुन नसक्दा चिया क्षेत्र नाजुक स्थितिमा पुगेको हो । वि.सं.२०५७ सालमा आएको राष्ट्रिय चिया नीतिमा किसान तथा व्यवसायमुखी काम गर्ने र छोटो समयमै चियालाई अन्तराष्ट्रिय मापदण्डमा पु¥याउने लगायतका बुँदाहरू समेटिका छन् ।
नीतिमा लेखिएका चारवटा लक्ष्यमध्ये हालसम्म कुनै बुँदा कार्यान्वयन आएका छैनन् । नीतिको पहिलो लक्ष्यमा ‘चिया खेतीले ढाकेको क्षेत्रफल आगामी पाँच वर्षमा ४० हजार ८७५ हेक्टर पु¥याउने’ भनिएको छ तर यही लक्ष्य बीस बर्षपछि पनि पूरा भएको छैन । चिया तथा कफी विकास बोर्डको तथ्याङ्क हेर्दा हालसम्ममा २८ हजार ७३२ हेक्टरमा मात्र चिया खेती भएको देखिन्छ । पाँच वर्षमा कार्यान्वयन हुनुपर्ने नीति २० वर्षमा आइपुग्दासमेत कार्यान्वयन नभएको देखिन्छ ।
यस्तै, कूल चियाको उत्पादन आगामी १० वर्षमा चार करोड ६१ लाख ११ हजार किलो पु¥याउने लक्ष्य लिएको नीतिले हालसम्म दुई करोड ५२ लाख पाँच हजार ८५८ किलो मात्र चिया उत्पादन भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कमा उल्लेख छ । दश वर्षमा कार्यान्वयन हुने लक्ष्य पूरा हुन अझै दुई करोड किलो बढी चिया उत्पादन हुन आवश्यक छ । सरकारले चिया नीति जारी गरेपनि कार्यान्वयनमा चासो नदिँदा समस्या आएको उद्योगी व्यवसायीको आरोप छ । हिमालय अर्थोडक्स टी प्रोड्क्सर्स एसोसिएशनका सञ्चालक उदय चापागाईंले चिया नीति शत प्रतिशत कार्यान्वयन नआएको बताए ।
“बन्द कोठमा बनाइएका नीति कहिल्यै पनि कार्यान्वयनमा आउँदैनन्” उनले भने, “कार्यक्रम र बजेट नदिएकाले चियाको हालत यस्तो भएको हो ।” चिया नीतिका बारेमा सरकारले कहिलै पनि चासो नदिएकाले चिया उद्यमीसमेत पलायन हुनु परेको व्यवसायीको बुझाइ छ । सरकार, चिया तथा कफी विकास बोर्डलगायत चियासँग सम्बन्धित संस्थाहरूले समेत चियाका बारेमा चासो नदिँदा यो अवस्था आएको सञ्चालक चापागाईको भनाइ छ ।
“सरकारी निकायमा बसेका व्यक्तिहरू चिया नीतिलाई संशोधन नै गर्न चाहँदैनन् किनकि उनीहरूको यो चिया नीतिबाट फाइदै फाइदा छ”, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईले भने, “चिया क्षेत्रमा सक्षम व्यक्तिको अभाव भएकाले पनि चियाका बारेमा चासो नदिएको हो ।” चियाका बारेमा पटक पटक दवाब दिँदासमेत सुनुवाइ नभएको उनको गुनासो छ ।
“व्यवस्थित कार्ययोजना छैन । बनाएर मात्रै आफै कार्यान्वयन हुने कुरा आएन”, उनले भने, “चिया नीतिमा शुरुको पाँच वर्षको अवधिमा थप ७९ हजार ३१० जना नेपालीलाई रोजगारीका अवसरहरु उपलब्ध गराउने’ भनिएको छ । तर, चिया तथा कफी विकास वोर्डमा भने कति नेपालीले रोजगारी पाए भन्ने खुलाइएको छैन । यता, उद्योगीले भने यो लक्ष्य समेत कागजमै सीमित भएको आरोप लगाएका छन् । यस्तै, अर्थोडक्स चिया कूल उत्पादनको ६५ प्रतिशतसम्म पु¥याउने लक्ष्य नीतिले लिएको छ तर हालसम्म पनि अर्थोडक्स चियाको उत्पादन कूल उत्पादनको २४ दशमलब १९ प्रतिशतमा सीमित छ ।
चियामा ‘राजनीतिकरण’
पछिल्लो समय चियामा समेत ‘राजनीतिकरण’ हुँदै गएको र त्यसको मर्का साधारण किसान तथा उद्यमीमा परेको छ । सरकारीस्तरबाट बेवास्ता भएको र राजनीतिक पार्टीमा आबद्ध किसान तथा व्यवसायीको मात्र समस्या सुनुवाइ हुने गरेको आरोप उनीहरुको छ ।
लक्ष्य पूरा नभएको विषयमा साधारण किसान तथा उद्यमी आक्रोशित छन् । चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालका अनुसार सरकारको नेतृत्वमा भएकाले यसबारे चासो नदेखाउँदा समस्या भएको बताए। यति बेला बोर्ड नीति पूरा गर्नुभन्दा पनि यसको संशोधनमा लागेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार
अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी
बैशाख १४, २०८१ शुक्रबार
मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
बैशाख १४, २०८१ शुक्रबार
अवैध सुन कारोवारमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार