पहिराेमा परी हराएका एक युवाको शव फेला
नेपालबहस संवाददाता
भदौ २६, २०७७ शनिबार २:२३:५४
२६ भदौ, बलेवा । बागलुङको वडिगाड गाउँपालिका–१० दर्लिङमा पहिराेमा परी हराएका एक युवाको शव फेला परेको छ । आज बिहान अविरल वर्षासँगै आएको पहिराेमा परी बेपत्ता भएका दर्लिङको निगलपानीका ३५ वर्षीय दानबहादुर घर्ती मगरको शव फेला परेको हो ।
उनलाई बारीमा काम गरिरहेको अवस्थामा पहिराेले पुरेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजाले बताए । बेपत्ता मगरलाई खोज्न भिमगिठे प्रहरी चौकीबाट दर्लिङ पुगेको प्रहरीको टोलीले शव फेला पारेको हो । बारीमा रहेका मगरलाई पहिराेले पुरेको भए पनि अन्य कुनै क्षति नभएको प्रहरी निरीक्षक हेम केसीले बताए ।
मगरको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ । बागलुङकै ढोरपाटन नगरपालिका–९ बोबाङमा गत भदौ १७ गते आएको बाढीपहिरामा बेपत्ता भएका १६ जनाको आज पनि प्रहरीले खोजी गरेको छ । आज अबेरसम्म बेपत्ता कोही पनि नभेटिएको प्रहरीले जनाएको छ । यसअघि पहिराेमा बेपत्ता भएका ३८ जनामध्ये २२ को शव फेला परेको थियो । यता जैमिनी नगरपालिका–७ जैदीमा चार घर पहिराको उच्च जोखिममा परेका छन् ।
अत्याधिक वर्षासँगै घरछेउमा पहिरो खसेपछि जैदीका शेरबहादुर राना, इन्द्र राना, मिम राना र पर्वे रानाको घर जोखिममा परेको हो । बारीको छेउछाउमा रहेका केही गोठसमेत जोखिममा रहेको स्थानीयवासी दीपेन्द्र परियारले बताए । केहीदिनदेखि निरन्तर परिरहेको वर्षाका कारण बागलुङका विभिन्न क्षेत्रमा स्थानीयवासी प्रभावित छन् । स्थानीय सडकमा ठाउँ–ठाउँमा पहिरो खसेका कारण आवत–जावतमा समस्या भएको स्थानीय तहका प्रमुखहरुले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा सम्बन्धविच्छेदका मुद्दा बढे
जेठ १, २०८१ मंगलबार
१ सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया
जेठ १, २०८१ मंगलबार
आजको मौसम : यी ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार