एक किलो तरकारीको मूल्य डेढ लाख रुपैयाँ
नेपालबहस संवाददाता
भदौ २६, २०७७ शनिबार २:५९:२१
२६ भदौ, एजेन्सी । तपाईले एक किलो तरकारीको मूल्य कति हाल्नुहुन्छ ? २० रुपैयाँ, ५० रुपैयाँ, १०० रुपैयाँ वा त्यो भन्दा बढी बढी ५०० रुपैयाँ । तर संसारमा एउटा यस्तो तरकारी बजार छ । जहाँ एक किलो तरकारीको मूल्य डेढ लाख पर्छ ।
‘हप शुट्स’ नामको यो तकारी लाग्ने फूललाई ‘हप कोन्स’ भनिन्छ । सोही फूललाई बियर बनाउन प्रयोग गरिन्छ । बोटको बाँकी भागलाई तरकारी वा सलादको रुपमा खाइन्छ । यो तरकारी यति धेरै महँगो हुनाका कारण कुनै तरकारी बजार वा सुपरमार्केटमा सायदै पाइएला ।
हप शुट्स औषधीय गुणले भरिपूर्ण हुन्छ भनिन्छ । सोही कारण त्यसको प्रयोग जडीबुटीको रुपमा पनि हुने गर्दछ । मानिसहरु यसलाई काँचै पनि चपाउने गर्दछन् । यसको औषधीय गुणको पहिचान शदियौँ अघि नै भएको हो । इस्वी सम्वत् ८०० को आसपास मानिसहरुले यसलाई बियरमा मिलाएर पिउँदथे । त्यो सिलसिला अहिलेसम्म पनि चलिरहेको छ ।
सबैभन्दा पहिले यो वनस्पतीको खोज उत्तरी जर्मनीमा भएको थियो । त्यसपछि यसको प्रयोग विस्तारै पूरै विश्वमा नै फैलिएको छ । यसको मूल्य झन झन् बढ्दै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१४ तल्ले भवन भित्र बसेको अमेरिकाको एउटा शहर !
बैशाख १२, २०८१ बुधबार
ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि...
बैशाख ६, २०८१ बिहिबार
विश्वको सबैभन्दा अग्लो घन्टाघर, ६ किमी टाढैबाट सकिन्छ समय हेर्न
चैत ३०, २०८० शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार
धनुषामा नौ सयभन्दा बढीमा हात्तीपाइले रोग
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
बैशाख १४, २०८१ शुक्रबार
गणेशमान सिंह क्रिकेटमा सुदूरपश्चिम विजयी
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार