सोमबार , असोज १२, २०७७

अफगान सरकार र तालिवानबीच दोहामा शान्ति वार्ता सुरु

अफगान सरकार र तालिवानबीच दोहामा शान्ति वार्ता सुरु

२७ भदौ, एजेन्सी । अफगानिस्तानमा विगत लामो समयदेखि जारी हिंसाको अन्त्य गरी दिगो शान्ति स्थापना गर्ने उद्देश्यले कतारको दोहामा वार्ता हुन लागेको छ । अफगानिस्तानको सरकारी वार्ता टोली र तालिबान समूहसँगको वार्ता टोली शनिबार हुने शान्ति वार्ता गर्नका लागि कतारको दोहा पुगिसकेको बताइएको छ ।

अफगानिस्तानमा जारी करिब दुई दशक लामो द्वन्द्वको अन्त्य गर्ने उद्देश्यले अमेरिकी मध्यस्थतामा तालिबान समूहसँग अफगानिस्तान सरकारले वार्ता गर्ने तयारी गरेको हो । तालिबान समूहले पनि एक उच्चस्तरीय प्रतिनिधिमण्डल अफगान सरकारसँग वार्ताका लागि कतारको दोहा पठाएको जानाएको छ ।

तालिबान र अफगान सरकारबीच अफगानिस्तानमा दिगो शान्ति स्थापनाका लागि वार्ता गर्ने अन्तिम तयारी भएको जनाइएको छ । पछिल्लो समयमा दुबैतर्फका कैदीहरूको आदानप्रदानको विवादका कारण केही ढिला गरी सो वार्ता शुरु हुन लागेको हो । गत मार्च महिनामा हुने भनिएको यो वार्ता यसै कारणले पछि धकेलिएको र शनिबारबाट शुरु हुने बताइएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको युद्ध अन्त्य गर्न र सेनालाई स्वदेश फिर्ता लिनको लागि तयार भएपछि यो वार्ताको वातावरण बनेको हो । उनले यसलाई आफ्नो महत्वपूर्ण नीतिका रुपमा प्राथमिकता दिँदै आएका छन ।

त्यसैगरी सो वार्ताको मध्यस्थताका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ पनि कतार पुगेको बताइएको छ । उनले शुक्रबार कतारका लागि छुट्नुअघि अफगानिस्तान सरकार र तालिवानबीचको वार्ता अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गर्ने एउटा पहल भएको बताए ।

गएको फेब्रुअरी महिनामा संयुक्तराज्य अमेरिकासँग सम्झौता हुनुअघि तालिबान समूहले अफगान सरकारसँग वार्ता नगर्ने अडान राखेकामा पछिल्ला केही हप्तामा तालिबान र अमेरिकी सरकारले तालिबानहरुका मागहरु सम्बोधन गरेपछि उनीहरु वार्ताका लागि तयार भएका हुन् ।

अफगान सरकारले वार्ताका लागि सरकारी र विपक्षी दलका प्रतिनिधिहरु समेत समावेश गरेर वार्ता टोली बनाएको छ । दुवै तर्फका वार्ता टोलीहरु दोहा पुगेका छन् । गएको फेब्रुअरी महिनामा तालिबान र संयुक्तराज्य अमेरिकाका बीचमा कतारको राजधानी दोहामा अफगानिस्तानमा शान्ति स्थापनाका लागि वार्ता गर्ने र त्यसको मध्यस्थता अमेरिकाले गर्ने सम्झौता भएको थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ३ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले