तिला र हिमा नदीमा पाइने असला माछा लोप हुन थाले
नेपालबहस संवाददाता
भदौ २८, २०७७ सोमबार १:५५:३१
२८ भदौ, खलङ्गा । जुम्लाको तिला र हिमा नदीमा पाइने असला माछा लोप हुन थालेका छन् । जथाभावी ढङ्गले नदीमा माछा मार्ने कार्य बढेपछि कर्णाली नदी तथा यसका सहायक नदीहरुमा माछा पाउन छाडेका हुन् । माछा मार्दा, करेन्ट लगाउने, विषादी प्रयोग गर्ने, विस्फोटक पदार्थको प्रयोग गर्नाले सो नदीमा माछा पाइने छाडेको तिला गाउँपालिका कार्यवाहक अध्यक्ष विष्णु बुढाले बताए ।
नदी आसपासका क्षेत्रका स्थानीयवासीको गुजारा चलाउने माध्यम नै माछा हो । यो राम्रो आम्दानीको स्रोत पनि हो । स्वादिला माछाका प्रजाति लोप हुँदै जाँदा यहाँका स्थानीयवासीको पेशासमेत सङ्कटमा परेको छ ।
खोलामा करेन्टले माछा मार्न थालेपछि यहाँका माछा लोप हुने अवस्थामा पुगेको स्थानीयवासी कृष्णबहादुर बुढाले बताए । उनले भने, “पहिले धेरै माछा पाइन्थे माछा मारेर यहाँका स्थानीयवासीको जीविका चल्थ्यो अहिले माछा भेटिन छाड्यो ।” सो नदीमा माछा पाउन छाडेपछि माछा संरक्षणका लागि स्थानीय सरकारले पहल थालिरहेको उनले जानकारी दिए ।
सो नदीमा पाइने असला माछामात्र नभई खासगरी पहिलेको तुलनामा अहिले माछाका प्रजातिसमेत देखिन छाडेको यहाँका बुढापाका बताउँछन् । स्थानीय सरकारले माछा संरक्षणका क्रियाकलाप गर्न जरुरी छ ।
किसानलाई व्यावसायिक माछापालन गर्नतिर आकर्षित गर्न काम गर्न आवश्यक रहेको तिला– १ रहेको सीता माध्यमिक विद्यालयका शिक्षक सुनमबहादुर बुढाले बताए । उनले भने, “माछा लोप हुँदै गएपछि मूल्य पनि निकै बढेको छ । दुई वर्षअघि माछाको मूल्य प्रतिकेजी रु ३०० थियो । अहिले रु ६०० प्रतिकेजीमा किनबेच भइरहेको छ ।” यो मूल्य खसीको मासुको भन्दा पनि बढी हो शिक्षक उनले जानकारी दिए ।
माछा मार्नका लागि करेन्ट लगाउनु, विषादीको प्रयोग बढ्दै जानु, नदीमा फोहर मिसाउनु र पानीको बहाव दिन प्रतिदिन घट्दै जानुले माछा लोप हुँदै गएको माछा विज्ञहरु बताउँछन् । पहिले यहाँको माछा जुम्लाबाहिर निर्यात हुन्थ्यो । अहिले सदरमुकाम खलङ्गामा समेत यो माछा देखिन छाड्यो । झण्डै एक वर्षअघि जिल्लाको रारालिही, कुडारी, तातोपानी, हाँकु, छिनासाँघु लगायतका विभिन्न स्थानमा ठूलो सङ्ख्यामा माछा मरेका थिए ।
तिला नदीमा पाइने लोपोन्मुख असला जातका माछा जोगाउन नदीमा करेन्ट लगाउने, विषादी प्रयोग गर्ने जस्ता कार्य रोक्न जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर साकीले बताए । नेपालमा २३० प्रजातिका माछाहरु पाइने गरेकामा कर्णाली नदीमै मात्र आठ प्रजातिका माछाहरु पाइने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
सुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
पर्यटन महोत्सवको अवसरमा डोको र टपरी बुन्ने प्रतियोगिता हुने
जेठ १, २०८१ मंगलबार
शिक्षकले महिनामै तलब पाउने, दलको सदस्य हुन नपाउने कानुनी व्यवस्थामा कडाई गरिने
जेठ १, २०८१ मंगलबार
विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने
जेठ १, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री उपलब्ध गराउने
जेठ १, २०८१ मंगलबार
सूचना प्रविधि वर्क स्टेशन सञ्चालन गरी पाँच हजार जनालाई रोजगारी दिने घोषणा
जेठ १, २०८१ मंगलबार