मंगलबार , असोज १३, २०७७

नेपाली शान्ति विज्ञ राजेन्द्रलाई अन्तर्राष्ट्रिय पुरस्कार

नेपाली शान्ति विज्ञ राजेन्द्रलाई अन्तर्राष्ट्रिय पुरस्कार

२९ भदौ, काठमाडौं । नेपाली शान्तिकर्मी राजेन्द्र सेन्चुरीलाई शान्ति निर्माणमा योगदान पुर्याएबापत ‘बुक्स फर पिस २०२०’ विशेष पुरस्कारबाट सम्मानित गरिएको छ । यही भदौ २७ गते इटालीको रोम शहरको सान्ता सेसिलियाको कन्जर्वेटरीको एकेडेमिक हलमा पुरस्कारको घोषणा गरिएको थियो । एकसठ्ठी देशका सङ्गठनको सहयोगमा समारोह आयोजना गरिएको थियो । विश्व महामारीविरूद्ध लगाइएको यात्रा प्रतिबन्धका कारण राजेन्द्रले भने आफैँ उपस्थित भएर प्रमाणपत्र ग्रहण गर्न पाएनन् ।

राजेन्द्रले नेपाल र अन्यत्र रहेर शान्ति र सद्भाव कायम गर्न आफ्नो जीवनवृत्ति समर्पित गरेका छन् । उनले दक्षिण एशिया र युरोपका अधिकांश देश पुगेर शान्ति निर्माणको बारेमा आफ्नो गहन ज्ञान र अनुभव साट्दै आएका छन् । अन्तरधार्मिक सद्भाव, नागरिक प्रतिरोध र अहिंसा, हिंस्रक आतङ्कवाद रोकथाम तथा नियन्त्रण, मानव अधिकार, द्वन्द्वोत्तर न्यायका साथै दिगो शान्ति निर्माणका लागि युवा र सीमान्तकृत समुदायको मूल प्रवाहीकरणजस्ता क्षेत्रमा रहेको उनको विशेषज्ञताका आधारमा उनको मुल्याङ्कन भएको थियो ।

राजेन्द्रले शान्ति र न्यायसम्बन्धी मुद्दाहरुमा स्वतन्त्र योगदानकर्ताको रूपमा नेपालको अग्रणी राष्ट्रिय दैनिकहरुमा दर्जनौँ लेख लेखेका छन् । उनी यस वर्षको आरम्भमा अष्ट्रेलियाको इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पिसबाट आइईपीपिस एम्बासेडरका रूपमा समेत चुनिएका थिए ।

कला, संस्कृति, शान्ति र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई दिइने यो शान्ति पुरस्कारका विजेताहरुमा अमेरिकी विविधता रिपोर्टका प्रमुख सम्पादक डेबोरा लेभिन, ईरानी÷आर्मेनियाली सङ्गीत साधक लोरिस टेक्नोवरियन, पत्रकार र आरएआई–३ का निर्देशक फ्रान्को डि मारे, पूर्व फुटबल खेलाडी डमियानो तोमसी, अभिनेता निर्देशक फेब्रिजियो बोर्नी, विकिपेडियाका अध्यक्ष मट्टे रफोनी आदि हुन् ।

यो वर्ष यस अन्तर्राष्ट्रिय पुरस्कारको चौथो वर्ष हो । यो पुरस्कारलाई सरकार, विश्वविद्यालय, गैरनाफामूलक संस्था र अभियान, युरोपेली युनियन र युनेस्कोजस्ता अन्तर्राष्ट्रिय सङ्गठनलगायत विश्वका २१ प्रतिष्ठित संस्थाहरूद्वारा समर्थन गरिएको थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ४ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले