इजरायलमा चाडपर्वकै बेला देशव्यापी लकडाउनको घोषणा
नेपालबहस संवाददाता
भदौ २९, २०७७ सोमबार १५:३४:५७
२९ भदौ, एजेन्सी । इजरेलमा चाडपर्वकै बेला देशव्यापी लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरस नियन्त्रणका लागि भन्दै इजरेल सरकारले यहुदी नयाँ वर्षदेखि लागु हुने गरी कडा प्रतिबन्धहरूसहित अर्को लकडाउन गर्ने घोषणा गरेको हो।
आउँदो शुक्रवारदेखि शुरू हुने दोस्रो लकडाउन कम्तीमा तीन हप्तासम्म कायम रहने बीबीसीले जनाएको छ । प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले प्रतिबन्धहरूका कारण ‘चर्को मूल्य चुकाउनुपर्ने’ बताएका छन्, तर देशमा दैनिक चार हजारसम्म नयाँ सङ्क्रमित थपिने गरेका छन्। हालसम्म कोरोना भाइरसबाट १ हजार १०८ जनाको मृत्यु भएको छ भने १ लाख ५३ हजार जना सङ्क्रमित भएका छन्
एक मन्त्रीले महत्त्वपूर्ण यहुदी चाडपर्वहरूसँग लकडाउन जुध्ने भएकोले सरकारको निर्णयप्रति विरोध जनाउँदै पदबाट राजीनामा दिएका छन्। कट्टर यहुदी पार्टीको नेतृत्व गर्ने आवास मामिला मन्त्री याकुब लिसम्यानले लकडाउनसम्बन्धी नियमका कारण मानिसहरूले यहुदी पात्रोमा पर्ने सबैभन्दा पवित्र दिन योम किपूरसहितका चाडपर्वहरू मनाउनबाट वञ्चित हुने बताए।
उनले वर्तमान गठबन्धन सरकारबाट अलग हुने पनि चेतावनी दिएका छन्। आइतवार एउटा टेलिभिजन सम्बोधनका क्रममा प्रधानमन्त्री नेतन्याहुले त्यो बढेर दैनिक चार हजारसम्म पनि पुगेको बताएका छन । पहिलो लकडाउनभन्दा कडा हुने भनिएको दोस्रो लकडाउनमा १० जनाभन्दा बढी व्यक्ति घरभित्र भेला हुन पाउने छैनन् तर घरबाहिर २० जनासम्म त्यसरी भेला हुन पाउने छन्।
विद्यालय तथा किनमेल केन्द्रहरू बन्द रहने छन् भने कार्यस्थल जान पाउनेबाहेक घरदेखि ५०० मिटर टाढा जान पाइने छैन। गैरसरकारी तथा व्यापार व्यवसाय खुला रहने छन् तर ग्राहकहरू छिर्न पाउने छैनन्।
प्रधानमन्त्री नेतन्याहुले परिवारका सदस्यहरू भेला भएर मनाउने गरिएका धार्मिक बिदाहरू लकडाउनका कारण प्रभावित हुने कुरा स्वीकारेका छन्। इजरेली अर्थमन्त्रीका अनुसार दोस्रो लकडाउनबाट मुलुकले १.८८ अर्ब अमेरिकी डलर बराबरको क्षति बेहोर्नेछ।
विगत २४ घण्टामा विश्वमा हालसम्मकै सबैभन्दा बढी तीन लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतमा चौथो चरणको मतदान आज, १७ करोड ७० लाख मतदाताहरूले भोट हाल्दै
बैशाख ३१, २०८१ सोमबार
जर्जियामा ‘रुसजस्तो कानुन’ विरुद्ध सडकमा हजारौंको प्रदर्शन
बैशाख ३०, २०८१ आइतबार
राष्ट्रसंघीय प्रमुखद्वारा गाजामा ‘तत्काल’ युद्धविराम र बन्धकलाई रिहा गर्न आह्वान
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
भारतमा चौथो चरणको मतदान आज, १७ करोड ७० लाख मतदाताहरूले भोट हाल्दै
बैशाख ३१, २०८१ सोमबार
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बैशाख ३१, २०८१ सोमबार
आइपिएलमा आज गुजरात र कोलकोता भिड्दै
बैशाख ३१, २०८१ सोमबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार