बुधबार , असोज १४, २०७७

नेपाली नेतासँग यमराज पनि डरायो, लाग्छ घुस खायो !

नेपाली नेतासँग यमराज पनि डरायो, लाग्छ घुस खायो !

गणतन्त्रमा जनतालाई संविधान र कानूनमा अधिकार, नेताका सम्धी, ज्वाई, भान्जाभान्जी, छोरी, बुहारी, सालासाली लगायत सातपुस्तालाई पुग्ने गरी राज्यको ढुकुटी पुरस्कारका रुपमा प्राप्त हुने अवस्थाको घिनलाग्दो यथार्थता अहिले छ्यापछ्प्ती बजारमा देखिन थालेको छ । यता जनता भने आफ्नै नेता र तिनै नेताले बनाएको सरकारसँग आफ्ना कुरा निर्धक्कका साथ राख्न सक्ने अवस्थामै छैनन् ।

आफैले मतदान गरेर बनाएका नेतालाई समेत आफ्ना कुराहरु र समस्याहरु निर्धक्कका साथ राख्न नसक्नु अहिलेको एक्काईसौं शताब्दीका नेपाली जनताको कमजोरीपनको पराकाष्टा पनि हो भन्दा अन्यथा नहोला ।

नेता भनाउँदा देशमारा, जनता लुटाहा, जनता चुसाहा, राज्यकोषको चरम दोहन गर्नेहरुको अभिष्ट भने धेरै लामो समयको पर्खाई र उनीहरुकै भाषामा लामो राजनीतिक संघर्षपछि अहिलेको ओली सरकारको पालमा आईपुगेपछि यसले सार्थकता पाएको छ । जनता रोग र भोकको चपेटाले आर्तनाद गरिरहेका बेला सरकारको लाठी बर्साउने करामत तथा बन्दाबन्दी अभियानको सजीसजावटलाई उत्कृष्ट उपहारका रुपमा भने लिन सकिन्छ ।

भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको वर्तमान नेपालको राजनीति र त्यही राजनीतिलाई नेतृत्व गरी रहेका राजनीतिक दलहरुहरुको कर्मकाण्ड हेर्दा नेपालका नेता भनाउँदा राजनीतिक दलका अगुवाहरुलाई डर, त्रास, लाज, शरम, घिन, पाप, धर्म, सजाय र उपहार जस्ता कुनैपनि कुराको हेक्का रहन छोडेको देखिन थालेको छ । अपराधीलाई संरक्षण र निरपराधलाई दण्डसजायको घिनलाग्दो व्यवहारले देशमा सरकार रहुनु भन्दा नहुनु नै राम्रो पो हो कि ? भन्ने आम नागरिकलाई लाग्न थालिसकेको छ ।

गरिब जनताका घरमा चुलो बल्न छाडिसकेको छ । सरकार सिंगो मुलुक बन्द गराएर सिंहदरबारमा बामदेव गौतमको बिजयउत्सव मनाउन लागिपरेको छ । सयौं निर्मला पन्तका अभिभावकहरु न्यायको भीख माग्दै सडकमा चिच्याईरहेका छन् । सरकारी संयन्त्र बन्दाबन्दीमा पनि यातायात खर्च र भ्रमण बिलको भुक्तानी लिन कार्यालयमा दाँत ङिंच्याईरहेका छन् ।

जनता खान नपाएर मर्ने दिन आईसक्दा पनि वर्तमान सरकार भ्रष्टाचार र नातावादमै अझैसम्म पनि भीमसेनस्तम्भ झैं अडिग भएर उभिएको देख्दा स्वयं नेतालाई लाग्नु पर्ने लाज र शरम नेतालाई नलागेर जनतालाई पो कुरीकुरी लाग्न थालेको छ । सरकारले जनताको स्वास्थ्य समस्याका बिषयमा जानकारी गराउन स्वास्थ्य मन्त्रालयमा एउटा प्रवक्ता पालेको छ । उसैले दिनहुँ कोरोनाले नेपाली जनता यति मरे, यति बिरामी भएर थला परे, भनेर समाचार फालिरहेको छ ।

सरकारकै अकर्मण्यताका कारण बिचरा जनता आधा बर्ष भन्दा बढी समयसम्म काम या रोजगारी नपाएर चरम भोकमरी र अभावमा फसेका छन् । जनताको भनेर जनताले भोट दिएर पठाएको सरकार भने व्यापारी र उद्योगीलाई मात्र हैन आम नागरिकलाई घर भित्रै थुनेर बर्षैभरिको कर असुल्न लागि परेको छ । साला साली, सम्धी, सासुलाई चित्त बुझाउन मै देशको सिंगो राजनीतिक शक्ति लाग्नु परेको छ ।

बजार भाउ व्यापारीले आफ्नाे कब्जामा लिएर बसेका छन् । देशमा सरकार भएको अनुभूति जनताले कहिल्यै गर्न पाउन सकेका छैनन् । एक किलो टमाटर किन्न जाँदा रु.२००।– र एक मुँठो लिउँरो(निगुरो) किन्न रु.१००।– तिर्नु परेको छ । घरमा अन्नको दाना सकिएको पनि महिनौ भैसक्यो । सरकारले चैत्रमा दिएको १५ किलो चामल खाएर कसरी जीवन धान्ने हो ? धन्य सरकार यत्ति भए पनि गर्नु भो । १० खर्बमा म पनि १५ किलो चामलको भागिदारी छु । यमराजले निसाफ हेर्ने बेलामा बयान दिन हाजिर हुनेछु ।

जनमतको आधारमा जनताको प्रतिनिधिका रुपमा जनताको काम गर्न प्रतिनिधि सभामा पुगेका नेताहरु सरकार चलाउन छोडेर सरकारी ढुकुटी र जनताको सार्वजनिक सम्पत्तिलाई आफ्नाे पितापुर्खाको पुख्र्यौली सम्पत्ति देख्न थालेपछि, जनताको जनमत प्राप्त गरेर तिनै जनताको सेवा गर्ने अठोटका साथ यहाँसम्म आएको हुँ, मेरो पदिय प्राप्तिमा जनताको नासो गाँसिएको छ भन्ने कुरा भुलेर, छोरीज्वाँई, सासुससुरा, सम्धीसम्धिनी, सालासाली मै रमाउन थालेपछि जनमत दिने जनताले किन यस्तो अचाक्ली गर्नु हुन्छ नेता ज्यू ? भनेर औला उठाएर प्रश्न गर्न पाउने कि नपाउने ? यिनका काला कर्तुतहरु आम नागरिकले बुझ्ने गरि सार्वजनिक गर्न पाउने कि नपाउने ?

ओम्नी, यति लगायतलाई देशका सार्वजनिक जग्गा जिम्मा लगाउने कुरा, घरभेटीलाई मात्रै गतिला गतिला ठेक्काको जिम्मा दिने कुरा, राष्ट्रपतिलाई हेलिकोप्टर किनिदिने कुरादेखि जनतालाई चरम भोकमरी दिन्छौं भन्ने कुरा कही कतै घोषणपत्रमा छैन त ? जनतासँग यी यी काम गर्छौ भनेर गरिएको वाचाका दस्ताबेजहरुको संगालो पार्टीको घोषणापत्र एकातर्फ मिल्क्याएर कमिशनखोरको जमातमा हात मिलाउन जान मिल्छ ? यस्ता भ्रष्ट र नालायकहरुका पछि लागिरहने हो भने बुझ्नुस् यसले एकदिन देशकै अहिलेसम्मकै सबैभन्दा बढी राष्ट्रवादीको उपाधि पाएका प्रधानमन्त्रीको पनि पद निल्छ ।

अब त लाग्छ, यो देशमा कानून नै छैन । मानवियता र सहयोगी भावना भन्ने वस्तु बिस्तारै क्षयीकरण हुँदै गैरहेको छ । गरिब जनता गाउँमा नून नपाएर रुँदैछन् । जनता भोकभोकै मर्ने अवस्था आईसक्यो । बिरामीले अस्पतालमा उपचार नपाउने अवस्था मुलुकभरी नै छाईसक्यो । देशको राष्ट्रिय ढुकुटी, कताबाट आएका हुन यिनै अपराधीका ग्याँङ्गले खाईसक्यो । अब त यो देशका नेताहरुले भने बमोजिम नै योजना बनाएर यमराज पनि गाउँ गाउँमा गरिब गरिबका घरघरमा आईसक्यो ।

धन्य हो नेपाली राजनीति, धन्य हो नेपाली सरकार । अब सरकारले पनि यमराजको नेपाल प्रतिनिधिलाई राम्रोसँग चिन्नु पर्ने भो । अब त यमराजको नेपाल प्रतिनिधिसँग हैन नेपालका नेताहरुसँग जोगिएर हिडनु पर्ने भो । उपचार गराउन गएको बिरामीले अस्पतालमा सिधै यमराज देख्ने दिन आउन बेर छैन । लाग्छ, सरकारले यमराजलाई अनि यमराजका दूत काललाइ पनि घुस ख्वाएको छ ।

कताकता लाग्छ, नेताले भने बमोजिमका मान्छे मात्रै कालले पनि छानी छानी लान थालेको छ । कोही कोही त भन्न पनि थालेका छन्, वर्तमान सरकार यत्ति शक्तिशाली छ कि यो सरकारले काललाई पनि कमिशन खुवाएर आफ्नाे कब्जामा राखेको छ । यही भएर अब स्वयं नेपाली जनताको आफ्नै देशका नेताहरुसँगको विश्वास बिस्तारै हराउँदै जान थालेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ५ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले