सोमबार , असोज १२, २०७७

भजनी नगरपालिकामा डल्फिनको स्तम्भ निर्माण गरिने

भजनी नगरपालिकामा डल्फिनको स्तम्भ निर्माण गरिने

 २९ भदौ, कैलाली । कैलालीको भजनी नगरपालिका–३ दैलेखी टोलमा डल्फिनको स्तम्भ निर्माण गरिने भएको छ ।करिब दुई दशक अगाडिदेखि डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण कार्य शुरु गरिएको सो टोलमा डल्फिनको स्तम्भ निर्माण गरिने भएको हो ।

डल्फिन संरक्षणको इतिहासलाई सधैंँभरि जीवन्त राख्न डल्फिनको प्रतिमासहितको स्तम्भ निर्माण गर्ने कार्यमा डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपाल र स्थानीय संरक्षणकर्मी जुटेका हुन् । संरक्षणको शङ्खफुक भएको स्थान ओझेलमा पर्दै गएको भन्दै डल्फिनको प्रतिमासहितको स्तम्भ निर्माण गरिने डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिए ।

भजनी नगरपालिका–३, वडा नं ८ र टीकापुर नगरपालिका–७ को पथरैया र काँढा नदीको सङ्गम स्थान भजनी नगरपालिका–३ दैलेखी टोलमा डल्फिन स्तम्भ निर्माण गरिने संरक्षण नेपालका महसचिव जयप्रसाद ढुङ्गानाले बताए ।पर्यटकीय हिसाबले डल्फिन क्षेत्रको प्रचारप्रसार भए पनि संरक्षणको उद्गम गाउँ ओझेलमा परेको महसुस गरिएको भन्दै महासचिव ढङ्गानाले सो क्षेत्रलाई प्रमुख पहिचानको रुपमा चिनाउने उद्देश्यले स्तम्भ निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको बताए । “डल्फिन स्तम्भ निर्माण गर्ने निर्णय गरिएपनि स्रोतसाधन आर्थिक अवस्था अभावका कारण समस्या हुने देखिएको छ”, उनले भने, “यसको लागि सरकारी, गैह्रसरकारी सङ्घ संस्थसँग समन्वय गरिने र नभए जनस्तरबाटै भए पनि स्तम्भ निर्माण गरिने छ ।”

डल्फिन स्तम्भ निर्माणका लागि स्थानीय संरक्षणकर्मी नेत्र देउवाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । दुई दशक पहिलेदेखि डल्फिनको संरक्षण र सम्बद्र्धनको अभियानमा जुटेका भोजराज श्रेष्ठ ९गुलेलीबाजे० ले त्यस क्षेत्रको नेतृत्व र अगुवाइमा सयौं संरक्षणकर्मीको सहभागिता संरक्षणको अभियान शुरु गरिएको थियो ।

डल्फिन क्षेत्रको संरक्षण र सम्बद्र्धनमा टीकापुर नगरपालिकाले बढी चासो दिएको छ । राष्ट्रिय गौरबको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले टीकापुर सर्किटमा डल्फिनमैत्री तटबन्धको काम समेत गरिसकेको छ भने डल्फिन क्षेत्रको अनुगमन तथा भ्रमणका लागि आउने पर्यटक पनि टीकापुर सर्किटबाट बढी आउने गरेका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ३ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले