विश्वभर कोरोनाले नौ लाख २८ हजार भन्दा बढीको मृत्यु
नेपालबहस संवाददाता
भदौ २९, २०७७ मंगलबार १:२६:४९
२९ भदौ, एजेन्सी । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख २८ हजार ३४० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले सोमबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ९१ लाख ८९ हजार ६५५ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड १० लाख ३१ हजार ७६८ व्यक्ति कोरोना मुक्त भएका छन् ।
हाल विश्वमा ७२ लाख २९ हजार ७४७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६० हजार ५११ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।
अमेरिकामा ६७ लाख ८ हजार ४५८ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३९ लाख ७४ हजार ९४९ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९८ हजार ५२० व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
भारतमा ४८ लाख ४६ हजार ४२७ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३७ लाख ८० हजार १०७ कोरोना भाइरस मुक्त भएका छन् भने ७९ हजार ७५४ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४३ लाख ३० हजार ४५५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३५ लाख ७३ हजार ९५८ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ३१ हजार ६६३ जनाको मृत्यु भएको छ । रुस १० लाख ६२ हजार ८११ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख ७६ हजार २५५ कोरोना भाइरस मुक्त भएका छन् भने १८ हजार ५७८ जनाको मृत्यु भएको छ ।
पेरुमा ७ लाख २९ हजार ६१९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ६६ हजार ७९६ जना कोरोना भाइरस मुक्त भएका छन् भने ३० हजार ७१० जनाको मृत्यु भएको छ । कोलम्बिया ७ लाख १६ हजार ३१९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ९९ हजार ३८५ कोरोना भाइरस मुक्त भएका छन् भने २२ हजार ९२४ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ६ लाख ६८ हजार ३८१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ७१ हजार ६२३ कोरोना भाइरस मुक्त भएका छन् भने ७० हजार ८२१ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ६ लाख ४९ हजार ७९३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ७७ हजार ९०६ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ४४७ जनाको मृत्यु भएको छ ।
स्पेनमा ७ लाख ७६ हजार ६९७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार ७४७ जनाको मृत्यु भएको छ । अर्जेन्टिना ५ लाख ५५ हजार ५३७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख १९ हजार ५१३ कोरोना भाइरस मुक्त भएका छन् भने ११ हजार ३५२ जनाको मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार