बुधबार , असोज १४, २०७७

बामदेवलाई राष्ट्रियसभाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

बामदेवलाई राष्ट्रियसभाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

२९ भदौ, काठमाडौं । सरकारले नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बेलूकी बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

भूमि, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालका अनुसार सोमबारको मन्त्रिपरिषद बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने प्रस्ताव पेश गरेर निर्णय गराएका थिए । यसअघि पहिलो बैठकमा प्रधानमन्त्री ओलीले यो विषयलाई बेवास्ता गरेका थिए ।

यसअघि भदौ १८ गते बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने निर्णय गरेको थियो । तर यो निर्णय कार्यान्वयन गर्न ओली फेरि पनि हच्किएको आरोप लागेको थियो । यसअघि पनि ओलीले गौतमलाई राष्ट्रियसभामा पठाउने सचिवालय बैठकको निर्णय कार्यान्वयन नगरेर आन्तरिक विवाद उत्कर्षमा पुर्याएका थिए । तर लामो रस्साकस्सीपछि ओलीले गौतमलाई राष्ट्रियसभामा पठाएका छन् ।

गत फागुन महिनामा तत्कालीन अर्थ एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाको कार्यकाल समाप्त भएपछि राष्ट्रपतिबाट मनोनयन हुने एक सदस्यको पद रिक्त थियो ।

यसैगरी आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी असोज ५ गतेदेखि स्वास्थ्यका मापदण्ड पूरा गरी हवाई यातायात र लामो दूरीका बससमेत सञ्चालन गर्ने निर्णय पनि गरेको छ । यसअनुसार अब असोज ५ गतेदेखि उपत्यकाबाहिर झण्डै ७ महिनापछि लामो दुरीका बस चल्ने भएका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ५ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले