तीन करोड लागतमा बन्यो कुलो, ८१ हेक्टर सिँचाइ सुविधा विस्तार
नेपालबहस संवाददाता
भदौ ३०, २०७७ मंगलबार १६:२१:१८
३० भदौ, भोजपुर । जिल्लाको टक्सारमा करिब रु तीन करोड लागतमा सिँचाइ कुलो बनेपछि ८१ हेक्टर क्षेत्रमा सिँचाइ विस्तार भएको छ । विगत लामो समयदेखि खेती गर्नका लागि आकाशेपानीको भरमा बस्दै आएका यहाँका कृषकलाई सिँचाइ कुलो निर्माण भएपछि सहजता थपिएको छ ।
कुलो निर्माणका लागि रु दुई करोड ९६ लाख ८८ हजार लागत खर्च भएको सिँचाइ विकास डिभिजन कार्यालय भोजपुरले जनाएको छ । एशियाली विकास बैंकको ८८ दशमलव तीन प्रतिशत र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भोजपरको ११ दशमलव सात प्रतिशत लगानीमा नौ किलोमिटर लम्बाइको कुलो निर्माणको काम सम्पन्न भएको हो ।
“पैँयापानी, मालबाँसे राजकुलो सिँचाइ आयोजनाले भोजपुर नगरपालिका–१२ टक्सारका पँैयापानी पारपानी, एयरपोर्ट, मालबाँसे, कोटडाँडालगायत स्थानका १३७ घरपरिवारलाई प्रत्यक्ष लाभ पुगेको छ । धेरै सुक्खाग्रस्त क्षेत्र भए पनि यहाँ प्रशस्त मात्रामा धान तथा तरकारी उत्पादन हुने गर्दछ । सिँचाइका लागि सुविधा थपिएपछि कृषक निकै खुशी छन् । स्थानीय कृषक कल्पना भण्डारीले भने, “लामो समयदेखि हामीलाई खेती गर्न ठूलो समस्या थियो, अहिले कुलो सम्पन्न भएर सञ्चालनमा आएपछि यस वर्ष हामीले समयमै खेती गरेका छौँ, हामीलाई नगदेबाली लगाउनसमेत सहज भएको छ ।”
निर्माणका लागि जनश्रमदानवापत स्थानीयवासीले पनि योगदान गरेका छन् । कुलोलाई स्थानीयवासीले समय–समयमा सरसफाइ गर्दै आएका छन् । सिँचाइ विस्तार भएपछि धान तथा तरकारीबालीको समेत उत्पादन वृद्धि हुने उनीहरुको भनाइ छ । स्थानीय दिलबहादुर बानियाँले भने, “हाम्रो क्षेत्र कृषिका लागि निकै उर्वरभूमि हो, तर सिँचाइ नहुँदा असाध्यै समस्या थियो, यो कुलो बनेसँगै हामीमा उत्साह थपिएको छ, अब उत्पादन वृद्धि हुनेमा हामी आशावादी छौँ ।”
भोजपुर नगरपालिका–८ को अखुवा, घट्टेखोलाबाट बस्तीसम्म सिँचाइ कुलो ल्याइएको हो । कुलो निर्माण स्वामीनारायण निर्माण सेवाले गरेको हो । धेरै महत्व बोकेको कुलो रहेकाले कार्यालयले प्राथमिकताका साथ काम अगाडि बढाएर समयमै सम्पन्न गरेको कार्यालयका सूचना अधिकारी केन्द्रकुमार लिम्बूले बताए । सिँचाइको सुविधा पुगेसँगै टक्सारको तल्लो भेग अहिले हराभरा बनेको छ ।
गाउँपालिका अध्यक्षद्वारा एक लाखको अक्षयकोष
जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष महेश राईले जन्मदिनको अवसरमा रु एक लाखको अक्षयकोष स्थापना गरेका छन । अध्यक्ष राईले ४७औँ जन्मदिनको अवसरमा लक्ष्मीसाल्पा आधारभूत विद्यालय च्याक्सिलामा रु ५० हजार र श्रृयाबाल विकास केन्द्र ढाडगाउँमा रु ५० हजार गरी रु एक लाख बराबरको ‘महेश राई’ अक्षयकोष स्थापना गरे ।
गाउँपालिकाकाको दुर्गम गाउँमा स्थानीयवासीले चन्दा सङ्कलन गरी विद्यालय सञ्चालन गरेकाले उक्त विद्यालय सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको गाउँपालिकाका अध्यक्ष राईले बताए । अध्यक्ष राईले आफूले पाउँदै आएको भत्तावापतको रकम स्थानीय सङ्घसंस्था, विद्यालयलगायत गरिब तथा विपन्न बालबालिकालाई वितरण गर्दै आएको जानकारी दिए । अक्षयकोषबाट आउने ब्याजको रकमले विद्यालयमा अध्ययनरत गरिब, विपन्न, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिइने विद्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
सुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १, २०८१ मंगलबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार