यी हुन् मन्त्रिपरिषदका महत्वपूर्ण ११ निर्णय
नेपालबहस संवाददाता
भदौ ३०, २०७७ बुधबार ३:०:०
३०, भदौ, काठमाडौं । सरकारले ६ महिना लामो सार्वजनिक यातायात खुलाउने, आन्तरिक उडान खोल्ने र महिनौ बन्द रहेको होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले झण्डै ६ महिना लामो लकडाउन र निषेधाज्ञाको अवस्थालाई स्वास्थ्य मापदण्डमा सिमित राखेर जनजीवन सामान्य राख्ने निर्णय गरेको हो ।
साथै सरकारले हरेक बर्षको भदौ २५ गतेलाई ‘एसिड आक्रमणविरुद्धको जागरण दिवसका रुपमा मनाउने निर्णय गरेको छ । एसिड आक्रमण गर्नेलाई सजाय गर्ने कानुन ल्याउदै सरकारले पीडितको निःशुल्क उपचार गर्ने पनि निर्णय गरेको छ ।
मन्त्रिपरिषदले गरेको निर्णय मंगलबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् । ज्ञवालीले सार्वजनिक गरेका सरकारका ११ निर्णय यस्ता छन् :
१. नेपाल सरकारले एसिड आक्रमणको कसुर, सजायँ र सुनुवाई सम्बन्धी प्रचलित कानूनलाई संशोधन गर्न र एसिडको उत्पादन, आयात, निर्यात र विक्री वितरण तथा प्रयोगलाई नियमन गर्न नयाँ ऐन तर्जुमा गर्ने कार्य तत्काल प्रारम्भ गर्ने । नेपाल कानून आयोगले १५ दिनभित्र कानूनको मस्यौदा तयार गर्ने ।
२. एसिड आक्रमणविरुद्ध जागरण अभिवृद्धि गर्न प्रत्येक वर्षको भदौ २५ गतेलाई एसिड आक्रमणविरुद्धको जागरण दिवसका रुपमा मनाउने ।
३. एसिड आक्रमणमा परेका पीडितहरुको तत्काल सम्भव हुने उपचार तत्कालै नजिकको अस्पताल वा स्वास्थ्य संस्थाबाट गर्ने र थप उपचारका लागि रिफर गरी पठाउने । उपचारका लागि अस्पताल पु¥याउने र उपचार गर्ने कार्यमा सबै व्यक्ति संस्था वा निकायले प्राथमिकताका साथ सहयोग गर्ने ।
४. एसिड आक्रमणमा परिसकेका पीडितहरुको उपचारका लागि त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर बर्न अस्पताललाई डेडिकेटेड अस्पताल तोक्ने । तत्काल गर्नुपर्ने उपचार सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुले प्राथमिकताका साथ गर्ने ।
५. एसिड आक्रमणमा परिसकेका पीडितलाई निशुल्क उपचारको व्यवस्था गर्ने । अस्पतालमा उपचार गर्दा लागेको बिल अनुसारको खर्च नेपाल सरकारले व्यहोर्ने । एसिड आक्रमणबाट भएको स्वास्थ्य क्षतिको उपचारसँग सम्बन्धित व्यक्तिले आजीवन प्रयोग गर्नुपर्ने औषधिको खर्च समेत नेपाल सरकारले व्यहोर्ने । सोको संयोजन तथा सहजीकरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने ।
६. पीडितहरुलाई उच्च शिक्षा सम्मको शिक्षा निशुल्क उपलब्ध गराउने व्यवस्था शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गराउने ।
७. उद्योग व्यवसायका लागि क्षमता अभिवृद्धि गर्न चाहने पीडितहरुलाई क्षमता अभिवृद्धिका लागि उद्योग वाणिज्य मन्त्रालय, श्रम मन्त्रालय र शिक्षा मन्त्रालयले प्राथमिकताका साथ गर्ने । उद्योग मन्त्रालयले पीडितहरुलाई योग्यता अनुसारको रोजगारी प्राथमिकताका साथ उपलब्ध गराउन निजी क्षेत्रसँग आवश्यक समन्वय गराउने ।
८. एसिड आक्रमणबाट पीडितहरुले उद्योग व्यवसाय सञ्चालन गर्न चाहेमा नेपाल सरकारले साहुलियतपूर्ण कर्जा उपलब्ध गराउने । यससम्बन्धी आवश्यक व्यवस्था अर्थ मन्त्रालयले मिलाउने ।
९. कृषि तथा पशुपंक्षी व्यवसाय गर्न चाहने एसिड आक्रमणका पीडितहरुलाई अनुदान उपलब्ध गराउने व्यवस्था कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले मिलाउने ।
१०. एसिड आक्रमणमा परेका पीडितहरुलाई अस्पताल पु¥याउने क्रममा क्षति भएको शरीरको अंगमा सफा पानी खन्याउँदै लैजानुपर्छ भन्नेलगायतका चेतनामूलक सन्देशहरु प्रवाह गर्ने व्यवस्था सूचना तथा सञ्चार मन्त्रालयले मिलाउने ।
११. उपयुक्त कार्यहरुको समन्वयका लागि मुख्यसचिवको संयोजकत्वमा अर्थ मन्त्रालय, गृहमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, शिक्षा विज्ञान तथा व्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवहरु र मुख्य सचिवले तोकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहचिव सदस्यसचिव रहने गरी समिति गठन गर्ने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार