इजरायल, युएई र बहराइनबीच पहिले पानी बाराबार, अहिले अंकमाल !
नेपालबहस संवाददाता
भदौ ३१, २०७७ बुधबार २०:१४:३५
३१ भदौ, एजेन्सी । इजरायलले संयूक्त अरब इमिरेट्स र बहराइनसँग पानी बाराबारको सम्बन्धलाई सामान्य बनाउने प्रयास स्वरुप ऐतिहासिक सम्झौता भएको छ । मध्यपूर्वमा शान्ति स्थापनार्थ याे कदम चालिएकाे विश्वास गरिएकाे छ ।
संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा ३ देशले एउटा ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘नयाँ मध्यपूर्वको सुरूवात’ भनेर तारिफ गरेका छन्।
सन् १९४८ मा स्थापना भएयता इजरायललाई मान्यता दिने यूएई तथा बहराइन तेस्रो र चौथो अरब राष्ट्र हुन् । ह्वाइट हाउसमा मङ्गलवार आयोजित कार्यक्रममा ट्रम्पले भने, ‘दशकौँपछिको विभाजन र द्वन्द्वपश्चात् आज हामीले मध्यपूर्वको मिरमिरे बिहानी देख्न पाएका छौँ।’
इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले सम्झौताको स्वागत गर्दै भनेका छन्, ‘यो इतिहासको एउटा निर्णायक दिन हो। यसले शान्तिको एउटा मिरमिरे बिहानीको उद्घोष गरेको छ।
तर प्यालेस्टिनी नेता महमुद अब्बासले अधिनस्थ भूभागहरूबाट इजरायल हटेपछि मात्रै मध्यपूर्वमा शान्ति आउनसक्ने प्रतिक्रिया दिएका छन्। समाचार संस्था एएफपीका अनुसार तीन देशले सम्झौतामा हस्ताक्षर गरेपछि अब्बासले भने, ‘इजरायली कब्जा अन्त्य नभएसम्म यो क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व हासिल हुन सक्दैन।’
उनले भनेका छन्, ‘आज इतिहासले कोल्टे फेर्ने दिन हो । यसले शान्तिको नयाँ बिहानी ल्याउनेछ।’ वर्षौंदेखि पानी बाराबारको अवस्थामा रहेको यहूदी र अरब देशहरुबीचको सम्बन्ध अहिले अंकमाल गर्न तयार भएसँगै ट्रम्पको मध्यपूर्व शान्ति योजना सफल भएको मानिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
बैशाख १४, २०८१ शुक्रबार
कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
बैशाख १४, २०८१ शुक्रबार
अवैध सुन कारोवारमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार
एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टचारमा मुद्धा दायर
बैशाख १४, २०८१ शुक्रबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार