आलुले बजार नपाउने हो कि भन्ने किसानको चिन्ता हट्यो !
नेपालबहस संवाददाता
भदौ ३१, २०७७ बुधबार २०:५१:१६
◊ जमुनावर्षा शर्मा
३१ भदौ, पोखरा । मुस्ताङ घरपझोङ–२ महेन्द्रसिंह लालचनलाई आलु उत्पादन गरेसँगै यसको बिक्रीको चिन्ता थियो । कोभिड–१९ का कारण उत्पादित आलुले बजार नपाउने हो कि भन्ने चिन्तामा रहेका लालचन यतिबेला भने निकै खुशी छन ।
उनले उत्पादन गरेको करिब १५ मुरी आलु राम्रो मूल्यसहित पोखरा आइपुगेको छ । लालचनजस्तै अन्य किसान पनि उत्पादित आलु पोखरा पुगेसँगै उत्साहित बनेका छन् । “खुशी छु, राम्रो मूल्य पनि प¥यो, आलु बिक्दैन कि भन्ने चिन्ता पनि हट्यो, सबै किसानको एउटै चिन्ता थियो, कोरोनाका कारण मुस्ताङमा पर्यटक छैनन्, आलु कसरी खपत होला भन्ने, तर आलु सोचेभन्दा राम्रो बिक्री भयो खुशी छौँ”, थासाङ गाउँपालिका–५ का मुस्ताङ आलु उत्पादन तथा व्यवसाय प्रवद्र्धनका प्रोपाइटर तेजेन्द्र गौचनले भने । उनका अनुसार अघिल्लो वर्ष रु १३० देखि १४० पाथीको आलु बेचेकामा अहिले रु १५० देखि १६० सम्ममा बिक्री गरिएको छ ।
मुस्ताङको आलुलाई पोखरासम्म ल्याउनका लागि श्री ओमविकास तथा देउकुमारी स्मृति प्रतिष्ठान सौरु, मुस्ताङका अध्यक्ष सवि शेरचन गौचनले समन्वय गरेर किसानबाट सोझै उपभोक्तासम्म आलु ल्याउने व्यवस्थापन गरेसँगै किसान लाभान्वित भएका हुन् । “केही समयअघि मुस्ताङ पुग्दा आलु उत्पादन गरेका किसान आलु बिक्री हुँदैन कि भनेर चिन्तित थिए, उनीहरुको मेहनत, लगानी र पोखरामा मुस्ताङको आलुको मागलाई ध्यान दिएर आलु पोखरा ल्याउने पहल गरेँ, राम्रो मूल्य पाएर किसान खुशी छन्”, गौचनले भने ।
पोखरा महानगरपालिका–१० अमरसिंहमा रहेको आजीवन कृषि सहकारी लिमिटेडले सञ्चालन गरेको आजीवन कृषि उपज केन्द्रमा मुस्ताङको पाँच हजार किलो आलु ल्याएर प्रतिकेजी रु ८५ मा बिक्री गरिएको उनले जानकारी दिए । घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङले मुस्ताङको स्याउजस्तै आलु पनि ब्राण्ड बन्दै गएको बताए । “अहिले मुस्ताङको आलुले राम्रो बजार लिन थालेको छ, कोभिड–१९ को असरले पर्यटकविहीन बनेको मुस्ताङको उत्पादित आलु स्याउजस्तै ब्राण्ड बन्दै जाँदा यहाँका किसान खुशी भएका छन्”, उनले भने ।
उनका अनुसार ताग्लुङ, लुप्रा, तिरी, फल्याक, पाक्लिङ, झोङलगायतका ठाउँमा आलु मिठो मानिन्छ । किसानले पनि सोचेजस्तै मूल्य पाएकाले खुशी भएको उनको भनाइ छ । आजीवन कृषि सहकारी सचिव राजेन्द्र पौडेलले मुस्ताङको आलु आएको भनेर सामाजिक सञ्जालमा राख्नेबित्तिकै उपभोक्ता आलु खरिदका लागि आएको बताए । “यस संस्थाका सहसचिव सबि शेरचनको समन्वयमा पाँच हजार ४०० किलो आलु केन्द्रमा आएको थियो, सामजिक सञ्जालमा राखेसँगै उपभोक्ता आउन थाले, अहिले ८५ प्रतिशत बिक्री भइसकेको छ”, पौडेलले भने ।
उनले सहकारीका सदस्यले उत्पादन गरेको तरकारीको बजार व्यवस्थापनका लागि बिक्री केन्द्र स्थापना गरेको र योसँगै स्थानीय र स्वदेशी उत्पादनलाई पनि प्रोत्साहन गर्ने गरेको बताए । उक्त बिक्री केन्द्र पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत रु १० लाख बजेट विनियोजन गरेर निर्माण गरिएको हो । सहकारीमा हाल १२० सदस्य छन् । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार