स्याङ्जाका किसान मौरीपालन व्यवसायतर्फ आकर्षित
नेपालबहस संवाददाता
भदौ ३१, २०७७ बुधबार २३:६:१
३१ भदौ, वालिङ । घरमै बसेर सहजरुपमा कम मिहिनेत गरी अर्थोपार्जन गर्न सकिने मौरीपालन व्यवसायतर्फ स्याङ्जाका किसानको आकर्षण बढ्न थालेको छ । कम मिहिनेतमा राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय यो व्यवसाय गर्नेहरुको सङ्ख्या बढ्दै गएको हो ।
जिल्लाको ११ वटै पालिकामा मौरीसहितको घार राखेर मह बिक्री गर्ने व्यवसायिक किसानको सङ्ख्या उल्लेखनीय रहेको नेपाल मौरीपालन महासङ्घका केन्द्रीय उपाध्यक्ष श्यामप्रसाद अर्यालले बताए । “मौरीपालन व्यवसायतर्फ किसानको आकर्षण बढेको छ”, उनले भने, “ सरकारले किसानका लागि आवश्यक तालिमका साथै कृषि औजार उपलब्ध गराउनु पर्दछ ।” राज्यले होचुवाका भरमा मौरीसहितको गोला वितरण गरेको पनि उनको गुनासो छ ।
विशेष गरी स्याङ्जामा स्थानीय सेरेना जातको मौरीपालन हुने गरेको छ । मौरीसहितको घार तथा महको माग अत्याधिक रहेको उपाध्यक्ष अर्यालको भनाइ छ । आफ्नै घरमा मौरीपालन गरेका वालिङ– ११ किसान अर्यालले यो व्यवसायबाट वर्षमा रू आठ÷दश लाखसम्म कमाउन गारो नहुने बताए । १७ वर्ष अघि ‘आँधीखोला मौरीपालन उद्योग तथा तालीम केन्द्र’ दर्ता गरी मौरीपालन व्यवसाय शुरु गरेका अर्याल मौरी पाल्न चाहनेलाई मौरीका घारसमेत बिक्री गर्दै आएको छ । रु। ९÷१० हजारमा मौरीसहितको गोला घार बिक्री गर्ने अर्याल यो व्यवसायबाट वार्षिक रु। चारदेखि पाँच लाखसम्म आम्दानी गर्छ । उनले आगामी कात्तिक महिनासम्म ५०÷६० मौरी गोलासहित घार बिक्रीका लागि तयारी अवस्थामा राखेको बताए ।
जति मह उत्पादन गर्न सकेपनि खपत हुने भएकाले यो व्यवसायप्रति किसानको आकर्षण बढ्दै गएको मौरीपालक किसानको भनाइ छ । मौरीपालन व्यवसायबाट वार्षिक रु। बीस लाख आम्दानी गर्दै आएका भीरकोट–७ चिउरीखर्कका रत्नबहादुर गुरुङले कम मिहिनेत गरेर मनग्य आम्दानी गर्न सकिने भएकाले मौरीपालन व्यवसायतर्फ किसानको अकर्षण बढ्न थालेको बताए । झण्डै १७ वर्ष अघि मुढे र खोपे गरी दुई वटा मौरीका घारबाट उनले शुरु गरेको व्यवसाय हाल स्याङ्जा जिल्लाकै नमूना फार्मको रुपमा विकसित भएको छ । ‘चिउरीखर्क मौरी फार्म एवं घार उद्योग’ दर्ता गरी व्यवसाय थालेका गुरुङले महका लागि भन्दा पनि मौरीसहितको गोलाघार बिक्रीलाई प्राथमिकता दिने गरेको बताए ।
“शुरुका दिनमा मह बिक्री गर्थें, अहिले थोरै मह र धेरै मौरीसहितको घार बिक्री गर्दै आएको छु”, उनले भने, “पछिल्लो समय मौरीपालनलाई व्यवसायिकरुपमा अगाडि बढाउनेको सङ्ख्या जिल्लामा बढ्दै गएकाले मौरी गोलासहितको घारको माग पनि बढ्दै गएको छ ।” मौरीको गोलासहितको घार वार्षिक १८० देखि २२० वटासम्म बिक्री हुने गरेको छ । मह प्रतिकेजी रु। एकहजार २०० र मौरीसहितको गोला प्रति घार रु। नौ हजारका दरले बिक्री गर्दै आएको उनको भनाइ छ ।
“गण्डकी प्रदेश सरकार तथा जिल्लाका विभिन्न पालिकाहरुले मौरी पकेट कार्यक्रमअन्तर्गत अनुदानमा मौरीको गोलासहितको घार किसानलाई उपलब्ध गराउन थालेसँगै यसको मागमा पनि वृद्धि हुँदै गएको छ”, किसान गुरुङले भने, “गतवर्ष २२० वटा मौरीको गोलासहितको घार बिक्री गरेको थिएँ, यो वर्ष पनि माग अत्याधिक रहेकाले भ्याइनभ्याइ छ ।” स्थानीय सेरेना जातको मौरीपालन गर्दै आएका गुरुङले मौरीसहितको गोला घार र मह बिक्रीबाट वार्षिक रु। अठारदेखि बीस लाख आम्दानी गर्दै आएको छ । मौरीपालन गर्न चाहने इच्छुक किसानलाई यससम्बन्धि आवश्यक परामर्श र व्यवसायिक अनुभवहरु साट्ने गरेको उनको भनाइ छ ।
गल्याङ नगरपालिका–८ करादीका किसान गणेश अधिकारीलाई पनि मौरीको गोलासहितको घार माग अनुसार पु¥याउन भ्याइनभ्याइ छ । १३ वर्ष अघि मौरीपालन शुरु गरेका अधिकारीले २०७२ सालमा ‘श्रीगणेश मौरी अध्ययन केन्द्र’ नामक फार्म दर्ता गरी व्यवसायिक रुपमा यो व्यवसाय अगाडि बढाएको हो । “गतवर्ष १०० मौरी गोलासहितको घार बिक्री गरेको हुँ”, उनले भने, “यो वर्ष २५० मौरी गोलासहितको घार बिक्री गर्ने तयारी गरेको छु” । मह तथा मौरीको घार उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्दै आएको उनको भनाइ छ ।
मौरी लक्षित कृषि प्रणालीलाई सँगसँगै अगाडि बढाएकाले मौरीपालनमा थप सफलता मिलेको अनुभव किसान अधिकारीसँग छ । उनले मौरीपालन ब्यवसायबाट सबै खर्च कटाएर वार्षिक पाँचदेखि छ लाख आम्दानी गर्दै आएका छन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
सुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार