शुक्रबार , असोज ९, २०७७

काठमाडौंमा जोर विजोर प्रणाली कायमै, होटल रेष्टुरेन्टको निषेधाज्ञा हट्यो

काठमाडौंमा जोर विजोर प्रणाली कायमै, होटल रेष्टुरेन्टको निषेधाज्ञा हट्यो

३१ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा जोर विजोर प्रणाली कायमै राखेको छ । बुधबार एक सुचना जारी गर्दै प्रशासनले कोरोना महामारीको जोखिम कायमै रहेकाले भदौ २५ पछि जारी गरिएको जोर विजोर प्रणाली कायमै रहेको जनाएको हो ।

जोर विजोरसँगै स्कुल, कलेज, जिमखाना, चिडियाखानामा पनि लगाइएको निषेधाज्ञा कायमै राखिएको छ । तर मन्त्रिपरिषद बैठकको निर्णयअनुसार होटल तथा रेष्टुरेन्टमा लगाइएको निषेधाज्ञा भने हटाइएको छ ।

उपत्यकाका तीनै जिल्लाका प्रजिअले गृह सचिव महेश्वर न्यौपानेसँगको छलफल गरेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले सुचना जारी गरेको हो । यस्तै सैलुन तथा ब्युटी पार्लर, सिनेमा हल र जिम, पब र स्पा भने बन्द नै रहनेछन् ।

यस्तै, शैक्षिक संस्था, सभा समारोह, पार्टी तथा विरोध र्‍याली र सभामा पनि रोक लगाइएको छ । चाडपर्व नजिकिएसँगै निषेधाज्ञामा लचकता अपनाइएको प्रशासनको भनाई छ । तर धेरै व्यवसाय भने भित्रभित्रै खुलिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! २ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ११ घण्टा पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? १ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले