बुधबार , असोज १४, २०७७

आजदेखि उपत्यकाका थप दुई स्थानमा ट्राफिक बत्ती

आजदेखि उपत्यकाका थप दुई स्थानमा ट्राफिक बत्ती

३१ भदौ, काठमाडौं । उपत्यकाका थप दुई स्थानमा आजदेखि ट्राफिक बत्ती सञ्चालनमा आएको छ । ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई सहज, व्यवस्थित र चुस्त बनाउन सो बत्ती सञ्चालनमा ल्याइएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र काठमाडौं महानगरपालिका वडा नं १ को समन्वयमा कमलपोखरीस्थित ल्होत्से चोकमा र महानगरको वडा नं ५ सँगको सहकार्यमा हाडीगाउँ ‘भाटभटेनी अगाडि’ ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले उपत्यकाको अन्य स्थानमा पनि स्थानीय तहसँग समन्वय गरी ट्राफिक बत्ती जडान गर्न पहल भईरहेको जानकारी दिए । पछिल्लो समय महाशाखाले उपत्यकाका स्थानीय तहको समन्वयमा ट्राफिक बत्ती जडान कार्यलाई तीव्रता दिएको छ ।

अहिले कुपण्डोल, झम्सिखेल, हनुमानस्थान, मैतीदेवी, सोह्रखुट्टे चोक, सितापाइला, बौद्ध, ग्रान्डी चोकलगायतका ११ स्थानमा ट्राफिक बत्ती जडान जारी रहेको जनाइएको छ । उपत्यकाको अन्य थप ४६ स्थानमा पनि ट्राफिक बत्ती जडानको पहल भइरहेको महाशाखाले जनाएको छ । सञ्चालनमा आएका ट्राफिक बत्तीको सङ्केत पूर्णपालना गर्न महाशाखाले चालकलाई अनुरोध गरेको छ ।

प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै महाशाखाले सम्बन्धित निकायसँग समन्वय गरी विगत नौ वर्षदेखि बिग्रेर रहेका सिंहदरबार, पद्मोदय ‘सभागृह जाने मोड’, पद्मोदय ‘अनामनगर जाने मोड’, पुतलीसडक, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, नयाँ ठिमी चोक, गौशाला, मित्रपार्क, नारायणगोपाल चोक, परोपकार, टङ्केश्वर, महापाल, पुल्चोक, हरिहरभवन र अल्का अस्पताल चोकलगायत क्षेत्रमा बत्ती सञ्चालनमा ल्याइसकेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ६ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले