मंगलबार , असोज १३, २०७७

औधोगिक ग्राम निर्माण तिब्र गतिमा

औधोगिक ग्राम निर्माण तिब्र गतिमा

विमलबहादुर विष्ट

१ असोज, डोटी । कोरोना भाइरसको त्रास कायमै रहेका बेला जिल्लाको जोरायल गाउँपालिका–२ बुडरस्थित धारापानीमा औद्योगिक ग्रामको निर्माण तिब्र गतिमा भइरहेको छ । विसं २०७६ साल माघ २० गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले यहाँको बुडरस्थित धारापानीमा औद्योगिक ग्राम बनाउने निर्णय भएसँगै अहिले उक्त क्षेत्रमा औद्योगिक ग्राम निर्माणका लागि भौतिक संरचना निर्माण कार्य धमाधम भइरहेको हो ।

कूल ५० रोपनी जग्गामा औद्योगिक ग्राम निर्माण कार्य शुरु भइरहेको छ । औद्योगिक ग्रामभित्र निर्माण गर्न सकिने उद्योगको अवस्थालाई मध्यनजर गर्दै अझै कम्तिमा पनि ५०० रोपनीसम्म जग्गा लिने तयारी भइरहेको छ । औद्योगिक ग्राम घोषणाका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र जोरायल गाउँपालिकाबीच गत वर्षको फागुन १६ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

स्थानीय स्रोत साधन, कच्चा पदार्थ, प्रविधि र सीपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गरी उद्योग स्थापना, विकास र प्रवद्र्धन गर्दै रोजगारी सिर्जनाको माध्यमबाट स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउने सरकारको उदेश्यअनुसार उक्त औद्योगिक ग्राम निर्माण गरिन लागेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले भने, “व्यावसायिक रोजगारी सिर्जनाको माध्यमबाट स्थानीय अर्थतन्त्रको दीगो विकासका लागि औधोगिक ग्राम निर्माण गर्दैछौँ, आसा छ सबैले रोजगारी तथा कमाउने अवसर पाउने छन् ।”

उक्त ग्राम निर्माणका लागि सङ्घीय सरकारबाट आर्थिक वर्ष २०७६/२०७७ मा रु ९२ लाख निकासा आएकोमा अहिलेसम्म रु ८३ लाख ६० हजार खर्च भएको गाउँपालिकाले जनाएको छ । उक्त रकमबाट औधोगिक ग्राम क्षेत्रमा खानेपानी, शौचालय र प्रशासनिक भवन, घेरबारलगायत संरचनाको निर्माणको काम भइरहेको छ । वहुवर्षीय योजना भएका कारण बाँकी काम आगामी वर्षमा हुने योजनाअनुसार काम तिब्ररुपमा अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष ओझाले जानकारी दिए । बुडरमा औद्योगिक ग्राम स्थापनाको लागि जोरायल गाउँपालिकाले लामो समयदेखि पहल गरेको थियो ।

गाउँपालिकाको पहलपश्चात उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बुडरमा औद्योगिक ग्राम स्थापना गर्न मन्त्रिपरिषदबाट स्वीकृत गराएको बुडर धारापानीका स्थानीय तुलाराम साउदले बताए । उनले भने, “गाउँपालिकाको पहल तथा मन्त्रीले स्वीकृत गराउँदा हाम्रो क्षेत्रमा औधोगिक ग्राम निर्माण हुँदै छ, सबैले रोजगारसहित यहाँको विकास हुनेमा हामी निकै खुशी छौँ ।”

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला प्रवेश गर्ने एकमात्र पहाडी प्रवेशद्वारको रुपमा रहेको बुडरस्थित धारापानीमा निर्माण हुँदै गरेको औद्योगिक ग्राम नमुनाको रुपमा विकास गरिने जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुनाकुमारी बोहराले बताए । सो औद्योगिक ग्राम स्थापना भएपछि डोटीको जोरायल गाउँपालिकाका साथै छिमेकी जिल्ला डडेल्धुरा जिल्लाका आलिताल गाउँपालिका तथा कैलालीको चुरे गाउँपालिकाका स्थानीय बासिन्दाहरु पनि प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

कोरोना त्रास कायमै रहेको भएपनि सामाजिक दूरीसहित कोरोना जोखिमबाट जोगिने विधि अपनायर यहाँका औधोगिक तथा विकास निर्माणका कार्य भने धमाधमरुपमा सञ्चालन भइरहेका छन् । विकास निर्माणका कार्यहरु सञ्चालन गर्न स्थानीय प्रशासनले कुनै अवारोध तथा आवश्यक सामग्री आयात गर्नमा रोक नलगाएका कारण यहाँका निर्माण हुन लागेका विकास निर्माणका काम निरन्तर अघि बढेका छन् ।

सडक, मोटर पुल निर्माणदेखि अन्य औधोगिक विकास निर्माणका कामहरु जिल्लामा निर्वाधरुपमा सञ्चालन हुन दिएको प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराईले बताए । उनले भने, “जिल्लामा कोरोनाको त्रास कायम रहेपनि हामीले कोरोनाबाट सचेतना अपनाउन निर्देशन दिँदै अनुगमन गर्दै विकास निर्माणका सामग्री ल्याउन र काम गर्न अवरोध गरेका छैनौँ, जसले गर्दा जिल्लामा विकास निर्माणका कामले तिब्रता पाएको छ ।”

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आज २०७७ असोज १३ गते मंगलबारको राशिफल आज २०७७ असोज १३ गते मंगलबारको राशिफल ४ घण्टा पहिले
इरानमा कोरोना महामारीको तेस्रो चरण शुरु, ३२ प्रान्त खतरापूर्ण क्षेत्र घोषित इरानमा कोरोना महामारीको तेस्रो चरण शुरु, ३२ प्रान्त खतरापूर्ण क्षेत्र घोषित १५ घण्टा पहिले
बालिका बलात्कार गर्नेलाई फाँसी हुने कानुन चाहियाे : महिला सांसद बालिका बलात्कार गर्नेलाई फाँसी हुने कानुन चाहियाे : महिला सांसद २० घण्टा पहिले
प्रदेश प्रहरी प्रमुख अर्याल संक्रमण मुक्त प्रदेश प्रहरी प्रमुख अर्याल संक्रमण मुक्त १७ घण्टा पहिले
कैदीबन्दीमा संक्रमण देखिएपछि कारागारभित्रै आइसोलेसन कैदीबन्दीमा संक्रमण देखिएपछि कारागारभित्रै आइसोलेसन १६ घण्टा पहिले
सहकारीको करोडौं ठगीका दोषी अग्रवाल नक्कली नम्बर प्लेटका गाडीसहित पक्राउ सहकारीको करोडौं ठगीका दोषी अग्रवाल नक्कली नम्बर प्लेटका गाडीसहित पक्राउ १६ घण्टा पहिले
पीसीआर परीक्षणका लागि बाध्य नपार्न सरकारको आग्रह पीसीआर परीक्षणका लागि बाध्य नपार्न सरकारको आग्रह १९ घण्टा पहिले
नेटवर्किङमा संलग्न २५ कम्पनी र ५० जना पक्राउ गर्न सिआइबीलाई पत्र नेटवर्किङमा संलग्न २५ कम्पनी र ५० जना पक्राउ गर्न सिआइबीलाई पत्र १३ घण्टा पहिले
नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ४ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले