सोमबारदेखि पाँच दिनसम्म भारी वर्षा हुने पूर्वानुमान
नेपालबहस संवाददाता
असोज ४, २०७७ सोमबार २:४२:४०
४ असोज, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही थोरै स्थानहरूमा मेघगर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ ।
महाशाखाका अनुसार अहिले उत्तरपूर्व बंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ साथै मनसुनको न्युन चापीय रेखा पश्चिम तर्फ नेपालमा रहेको छ र पूर्वतर्फ नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ।
आज राती देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाकाे माैसमी बुलेटिनमा उल्लेख गरिएकाे छ ।
यसैबीच, महाशाखाले आइतबार बेलुकी एक बिशेष बुलेटिन जारी गर्दै सोमबारदेखि पाँच दिनसम्म देशभरी मेघ गर्जन र चट्याङसहितको भारी वर्षा हुने पूर्वानुमान गरेको छ । केही स्थानमा भने हावाहुरीसहितको अधिक वर्षा हुने विभागले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि !
बैशाख १४, २०८१ शुक्रबार
पौन २ केजी सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गत वर्षदेखि हराएका सहसचिव कमलराज गैरे बर्खास्त
बैशाख १४, २०८१ शुक्रबार
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण
बैशाख १४, २०८१ शुक्रबार
ट्रे बनाउन खरिद गरेर ल्याइएको कागज
बैशाख १४, २०८१ शुक्रबार
मनाङको नार गाउँ
बैशाख १४, २०८१ शुक्रबार