एक्लिए मेस्सी, स्वारेज एट्लेटिको मड्रिडमा !
नेपालबहस संवाददाता
असोज ७, २०७७ बुधबार १५:११:५८
७ असोज, एजेन्सी । बार्सिलोेनामा लियोनल मेस्सी एक्लिएका छन् । बार्सिलोनाले लुईस स्ववरोजलाई ला लिगा प्रतिद्धन्दी क्लब एट्लेटिको मड्रिडलाई बेचेपति मेस्सी नोउ क्याम्पमा एक्लिएका हुन् ।
पासर्पोट नपाएर युभेन्ट्स जान नपाएका स्वारेज अन्ततः एट्लेटिको मड्रिड जाने पक्का भएको हो । एट्लेटिको मड्रिडमा आफ्नो तलब घटाउन समेत स्वारेज सहमत बनेका छन् । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले सुआरेजको सम्झौतालाई रोकेर राखेका थिए । उनी स्पेनिस प्रतिद्धन्दी क्लबमा उनलाई पठाउन चाहदैन थिए ।
तर सुआरेजका प्रतिनिधिसंग छलफल भएपछि क्याटलान क्लबमा प्रतिनिधि उरुग्वेका फरवार्डलाई रिलिज गर्न सहमत बनेका हुन् । सुआरेजले आफ्नो गुनासो मिडियामा पोख्ने धम्कि दिएपछि बार्सिलोना समेत उनलाई छोेड्न सहमत बनेको हो ।
एट्लेटिको मड्रिडले सुआरेजलाई सामान्य मुल्य तिर्नेछ । त्यो रकम कम्तिमा ४ मिलियन युरो भन्दा बढी हुनेछैन । सबै मुल्य च्याम्पियन्स लिगमा छनोटमा गरिने प्रर्दशनमा निर्भर रहनेछ । उनले बार्सिलोनामा रहने भन्दा झण्डै आधा रकम एट्लेटिकोमा आर्जन गर्नेछन् ।
उनी बार्सिलोनामा ६ बर्षको बसाईलाई बिट मार्दै क्लबबाट निस्कन लागेका हुन् । उनले बार्सिलोनामा रहदा २ सय ८३ खेलमा १ सय ९८ गोल गरेका थिए । उनले लियोनल मेस्सी र नेयमारपछि बार्सिलोनामा सर्वाधिक गोल गरेका छन् ।
उनी सन् २०१४ मा लिभरपुलबाट ७४ मिलियन पाउण्डमा ला लिगा क्लबमा जोडिएका थिए । स्वारेजमा बार्सिलोनामा छँदा चार ला लिगा, चार कोपा डेल रे, च्याम्पियन्स लिग र क्लब विश्वकपको उपाधि जितेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार
पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती
बैशाख १४, २०८१ शुक्रबार
भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि !
बैशाख १४, २०८१ शुक्रबार
पौन २ केजी सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गत वर्षदेखि हराएका सहसचिव कमलराज गैरे बर्खास्त
बैशाख १४, २०८१ शुक्रबार
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण
बैशाख १४, २०८१ शुक्रबार
ट्रे बनाउन खरिद गरेर ल्याइएको कागज
बैशाख १४, २०८१ शुक्रबार