सुदूरपश्चिमका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र
नेपालबहस संवाददाता
असोज ७, २०७७ बुधबार १९:१७:२१
७ असोज, कञ्चनपुर । मौसमी सूचना संकलन गरी किसानलाई पूर्वजानकारी दिनका लागि सुदूरपश्चिम प्रदेशका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएका छन् । मौसमी सूचना संकलन गरी ‘रियल टाइम’मा विवरण हेर्न सकिने गरी स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएका हुन् ।
कृषि विकास निर्देशनालय दिपायलको रु २९ लाखको लागतमा टिकापुर पोलिटेक्निक इन्स्टिच्युट कैलाली, कृषि ज्ञान केन्द्र कञ्चनपुर, कृषि ज्ञान केन्द्र बझाङ, सुक्खा फलफूल विकास केन्द्र सतबाझ बैतडी, कृषि क्याम्पस गोकुले, तरकारी बीउ उत्पादन केन्द्र डडेल्धुरा र कृषि विकास निर्देशनालय दिपायलमा केन्द्र स्थापना गरिएका छन् ।
स्वचालित मौसम मापन केन्द्रबाट वर्षा हुने÷नहुने, वायुको तापक्रम, अधिकतम तापक्रम, न्यूनतम तापक्रम, हावाहुरी, बादल लाग्ने÷नलाग्ने, सापेक्षिक आद्रता, हावाको गति र हावाको दिशाबारे जानकारी लिन सकिने निर्देशनालयका सूचना अधिकारी टेकबहादुर विष्टले बताए ।
जलवायु घटनाक्रमको आँकलन गरी केन्द्रमा जडान गरिएका उपकरणले उपलब्ध गराएको विवरण निर्देशनालयको वेवसाइटमा अपलोड भई हेर्न सकिने र सरोकारवालालाई मौसमको जानकारी दिन सकिने व्यवस्थासमेत रहेको छ । उनले भने, “किसानलाई बाली उत्पादनमा सघाउ पु¥याउने उद्देश्यले मौसमसम्बन्धी उपकरण जडान गरिएका हुन् ।”
किसानले लगाएको बालीमा हुनसक्ने हानी–नोक्सानी कम गर्न, बाली सुरक्षा गर्न र बाली लगाउनका लागि प्रतिकूल मौसमबारे जानकारी दिनका लागि केन्द्रले सघाउ पु¥याउने उनको भनाइ छ । वर्षभरिको विवरण केन्द्रमा जडान गरिएका उपकरणका माध्यमबाट सुरक्षित गर्न सकिने भएकाले कुन मौसममा कुन बाली लगाएर बढी उत्पादन लिन सकिन्छ भन्नेबारे जानकारी किसानलाई दिन सकिने हुन्छ ।
“केन्द्रमा जडान गरिएका उपकरणले तापक्रम र सापेक्षित आद्रताबारे जानकारी दिने भएकाले बालीमा रोग किरा लाग्ने÷नलाग्नेबारे अनुमान लगाउन सहज हुन्छ”, कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले भने, “किसानले लगाएको बालीलाई रोग किराबाट जोगाउन समेत मद्दत मिल्ने छ ।” मौसमजन्य प्रकोपबाट हुने क्षति कम गर्न केन्द्रले सघाउ पु¥याउने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार
ओखलढुङ्गामा आगोले जलेर आमा छोराको मृत्यु
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार
राजदूत प्रा. खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार