राप्रपाले १५ दिन भित्र विधान मस्यौदा प्रतिवेदन पेश गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०७७ बिहिबार २०:४७:३४
८ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका त्रय अध्यक्षको बैठकले पार्टीको अन्तरिम विधानलाई पार्टी एकताको आधारपत्रको भावना समेटेर १५ दिन भित्र विधान मस्यौदा प्रतिवेदन पेश गर्ने भएको निर्णय गरेको छ ।
बिहीबार बसेको त्रय अध्यक्षको बैठकले पार्टीको अन्तरिम विधानमा सुझाव दिन सात सदस्यीय समिति गठन गरेको छ । १५ दिनभित्र विधान मस्यौदा प्रतिवेदन तयार गरी पेश गर्ने जिम्मेवारीसहित निरञ्जन थापाको संयोजकत्वमा समिति गठन गरिएको हो ।
राप्रपाका केन्द्रीय सचिवालय प्रमुख ध्रुबबहादुर प्रधानका अनुसार समितिको सदस्यहरुमा भरतजंग उप्रेती, श्यामबहादुर शाही, भक्तिप्रसाद सिटौला, राजु बस्नेत, चन्द्र काफ्ले र रामशरण पाठक रहेका छन् । राप्रपाले आगामी वैशाख २५–२८ गते एकता महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
कस्तो छ आजको मौसम ?
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै,
जेठ २, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २, २०८१ बुधबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार