सप्तरीमा अविरल वर्षाले पाँच सय घर जलमग्न !
नेपालबहस संवाददाता
असोज ९, २०७७ शुक्रबार २३:२८:२५
♦ धीरुभाइ
९ असोज सप्तरी । सप्तरीमा अविरल वर्षाका कारण विभिन्न नदीमा आएको बाढीले करिब पाँच सय घर जलमग्न भएको छ । पछिल्लो दुई दिनदेखिकाे अविरल वर्षाले विभिन्न नदी खोलामा आएको बाढीले राजविराज नगरसहित जिल्लाको तिलाठी कोइलाडी, हनुमाननगर कंकालीनी नगरपालिका लगायतका गरी पाँच सय घर जलमग्न भएको हो ।
पछिल्लो दुई दिनदेखि अविरल वर्षाले स्तरोन्नती राष्ट्रिय आयोजनाको हुलाकी सडक खण्डको विभिन्न स्थानमा हिलाम्मै कारण बाटो अवरुद्ध भएको छ । अविरल वर्षाका कारण सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका आधा दर्जन गाउँबस्तिका २५० घर जलमग्न भएको सो गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए ।
तिलाठी कोइलाडी गाउँपालिका वार्ड नम्बर १ बेल्हीमा खाँडो खोलाको बाढी पस्दा ५०, वर्षाले वार्ड नम्बर ३ सकरपुरामा ५०, जिता, महुली, खाँडो, सप्तकोशी नदीको बाढीले वार्ड नम्बर ४,५ कोइलाडी र कोइलाडी बर्साइनका करिब ७५ घर जलमग्न भएको उनले बताए । ती बस्तिका घर आगनमा दुई फिटसम्म पानी पसेको छ ।
गाउँपालिकाको विभिन्न वार्डमा बाढीले जलमग्न भएको बस्तिको निरीक्षण अनुगमन गर्न टोली परिचालन गरिसकेको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले तत्काल उद्धार, राहत तथा व्यवस्थापन गर्नुपर्ने भए टोलीले गर्ने जानकारी दिए ।
यस्तै अविरल वर्षाका कारण राजविराज नगरको वडा नं १, ५, ६, ७ र ९ सहित टोलहरुका गरी करिब एक सय घर जलमग्न भएको छ । राजविराजको अदालत रोड, खैरसाल, पुलचौक, सिरहारोड, सरस्वती टोल, बिहारपुर लगायत जलमग्न हुँदा आवतजावतमा समस्या भोगनु परेको छ ।
यसैगरी हनुमाननगर कंकालीनी नगरपालिका वार्ड नम्बर १४ रम्पुरा मल्हनियाँ स्थित सप्तकोशी नदीको पश्चिमी तटबन्धका ५० भन्दा बढी घरमा सप्तकोशी नदीको बाढी पसेको छ । जिल्लाको विभिन्न नदीमा बाढीले सप्तकोशी, कञ्चनरूप, अग्निसाइर कृष्णासवरण, महेदवा, तिरहुत र रुपनी गाउँपालिकाका दर्जनौँ गाउँबस्ती जलमग्न भएको छ । लगातारको वर्षाले खाँडो, जिता, महुली, त्रियुगा, कोसी बलान, खडक नदीमा बाढीको उच्च बहाबसँगै अहिले बस्तिमा पानी पसेको छ ।
यता वर्षाका कारण स्तरोन्नती अवस्थामा रहेको राष्ट्रिय आयोजनाका हुलाकी सडक खण्डको जमुनी, विषहरीया, खुरहुरिया स्थित हिलाम्मै भएको कारण ती स्थानहरुमा बाटो नै अवरुद्ध भएको भएको स्थानीय जिवछ दासले जानकारी दिए ।जिल्लामा बाढीले क्षति गरेको सूचना कतिकतैबाट नभएको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरले तरपनि बाढी व्यवस्थापनका लागि आवश्यक तयारी अवस्थामा रहन सिंचाइ डिभिजन कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई निर्देशन भइसकेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेभन्दा पहिला माओवादीले छाड्यो मधेश सरकार
बैशाख ३०, २०८१ आइतबार
सर्लाहीमा आगलागीबाट १० महिनामा एक सय ६१ घर जले
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार