शनिबार , जेठ १, २०७८

सन्दीप आज पनि टोलीमा परेनन्, दिल्ली पहिले व्याटिङ गर्दै

सन्दीप आज पनि टोलीमा परेनन्, दिल्ली पहिले व्याटिङ गर्दै

९ असोज, एजेन्सी । आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले टस हारेर पहिले व्याटिङ थालेको छ । दुबईमा चेन्नेईले टस जितेर फिल्डिङ रोजेपछि दिल्लीले पहिले व्याटिङ थालेको हो ।

तर आजको खेलमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछाने दिल्लीको टोलीमा पर्न असफल भएका छन् । यसअघि पञ्जाबलाई हराएकै टिमका धेरैलाई समेटेर आज दिल्ली मैदान उत्रिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

दिल्लीको टिममा आज रविचन्दन आश्विन छैनन् । उनको ठाउँमा अमित मिश्रालाई खेलाइएको छ । यस्तै मोहित शर्माको ठाउँमा अभेस खानलाई मैदानमा पठाइएको छ । आज आश्विनको ठाउँमा सन्दीपले खेल्ने सम्भावना थियो । तर पनि दिल्लीले उनलाई मौका दिएको छैन् ।

DILLISD

पहिलो खेलमा पञ्जाबलाई हराएको दिल्लीले आज जित्ने सम्भावना भने निकै कम छ । चेन्नेईले पहिलो खेलमा मुम्बईलाई हराएपनि दोस्रो खेलमा राजस्थान रोयल्ससँग हारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय