स्क्रबटाइफस र डेङ्गुका बिरामी वढे
नेपालबहस संवाददाता
असोज १०, २०७७ शनिबार १४:३:२६
१० असोज, चितवन । कोरोना सङ्क्रमणका बेला यहाँ स्क्रबटाइफस र डेङ्गुका बिरामी बढेका छन् । भरतपुर अस्पतालमा दुई महिनामा ६९ जनालाई स्क्रबटाइफस र २४ जनालाई डेङ्गु देखिएको छ ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार साउन र भदौमा परीक्षण गरिएका ३ सय ४५ जनाको नमूनामा ६९ जनामा स्क्रबटाइफस देखिएको हो । सोही अवधिमा ३ सय १५ जनाको परीक्षण गर्दा २४ जनामा डेङगु देखिएको छ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार सबै रोगको तथ्याङ्क संकलन भईरहेको छ । मुसामा हुने एकप्रकारको माइट भन्ने सङ्क्रमित किर्नाको माध्यमबाट ओरियन्टिया सुत्सुगामुसी भन्ने व्याक्टेरियाको कारणले स्क्रब टाइफस हुने भरतपुर अस्पतालका डा. महेन्द्र अग्रहरिले जानकारी दिए। यो रोग वर्षाको समयमा देखिन्छ । उक्त किर्नाले टोकेको सामान्यतया ५ देखि २० दिनभित्र यो रोगको लक्षण देखिन थाल्छ । यसमा विशेषरी उच्च ज्वरो आउने, शरीरमा टोकेको ठाउँमा घाउ हुने, जण्डीस हुने, पेट दुख्ने अग्रहरिले बताए ।
यसै गरी एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने भाइरल ज्वरो मध्ये एक डेङ्गु हो । यसको सङ्क्रमणमा शुरूआती दिनमा शरीरमा रातो रातो डावर आउने, एक सय डिग्री भन्दा वढी ज्वरो आउने, गिजा र पिसाबमा रगत देखिने जस्ता लक्षण देखा पर्ने डा. अग्रहरिको भनाइ छ ।
जिल्लाका शहरी क्षेत्रमा अहिले पानी भरिएको छ । त्यसले रोग थप बढ्न सक्ने भरतपुर अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका डा.भोजराज अधिकारीले बताए । उनका अनुसार पानी सुक्दै जाँदा रोगको प्रकोप वढ्दै जाने खतरा छ । जिल्लामा हरेक वर्ष यतिवेला दुबै रोगका बिरामी वढ्ने गर्दछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार
बैशाख १४, २०८१ शुक्रबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
प्रधानमन्त्री दाहाल मोरङमा
बैशाख १४, २०८१ शुक्रबार
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
वालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
बैशाख १४, २०८१ शुक्रबार