ठट्टा हैन हाम्रो राष्ट्रवाद !
नेपालबहस संवाददाता
असोज १०, २०७७ शनिबार २०:२५:२९
कालापानी, लिपुलेक र लिम्पियाधुरा हरेक सचेत एवं संवेदनशिल नागरिकको घाउ हो । तर विषयको गाम्भीर्यता र यसको गहिराईको छेउटुप्पो महशुस नगर्ने केही उरेंठेउला राष्ट्रवादीहरूले यसको मजाक बनाईरहेका छन्, जुन ज्यादै दुखद कुरा हो । सामाजिक साञ्जल्मा ताई न तुइको सेखी बघारेर जानी नजानी यसको महत्व घटाईरहेका छन् ।
कुण्ठा होला, आक्रोश होला, मनमा तर त्यसलाई उचित दिशा दिनपनि सक्नुपर्छ । भारतको काखमा खेलेर हुर्केका कथित राष्ट्रवादी झारहरु तथा गमलामा हुर्केका भाडाका क्रान्तिकारीहरुलाई पटकपटक यो मुलुकले बेहोरिसकेको छ ।
हुनत प्रम केपी ओलीको पहिलो कार्यकालदेखिनै कमाऊ धन्दावाला नक्कली राष्ट्रवाद चर्चाको शिखरमा थियो नै । चाहे आम नेपाली जनातालाई कथित नाकाबन्दीको सास्ती दिएर सीमापारी आफ्नै सहमतिमा अवरोध उत्त्पन्न गराएर छद्म अभाव सिर्जना गराई छिमेकी मुलुक र पार्टीको अनर्गल र अराजनीतिक टिप्पणी गरि अर्को छिमेकीको लगानीमा रातारात राष्ट्रवादी बनेपनि यथार्थ सारा जनता सामु छर्लंग छ ।
गैह्रसरकारी संस्थाको विकराल लगानीमा रक्सी र मासुभातसँग अभिमत साटेर सरकार निर्माण गरी हस्तिनापुरका धृतराष्ट्र झैं पदासिन हुन पनि त्यति सहज थिएन । तर इतिहासकै शक्तिशाली सरकार गठन पश्चात आम नेपाली जनतामा जुनप्रकारको अपेक्षा थियो, जे जस्ता सपना साँचेका थिए ती सबै उदासिनता, अज्ञानता, आलु पांडे दम्भ र सिलसिलेवार भ्रष्टाचार, बलात्कार, अनियमितता, सुन तस्करी जस्ता काण्डहरुले सरकारको मुहारभरि रछ्यान पोतिदिएको छ । विगत केही समयदेखि त यो एउटा राष्ट्रिय चासोको विषय बनेको छ ।
न त राष्ट्रियता, कथित चुचे रेल र पानीजहाज ल्याउने नाममा भ्रष्टचारले कुरुप पारेको थुतुनो छोप्ने पछौरी हो राष्ट्रवाद । न त एमसीसी पास गराउन मरिहत्ते गर्नु राष्ट्रवाद हो ।
कम्तिमा पनि म अल्पज्ञान भएको मान्छेलाई पनि के लाग्दछ भने देश र जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने यावत कुराको संरक्षण, प्रबर्दन र प्रोत्साहन गर्नु सायद राष्ट्रवादको पहिलो खुड्किलो हो । समग्रमा ज्यादै गहिरो छ राष्ट्रवादको व्याख्या । रेमिट्यान्सले धानेको देशमा अरवौंको सम्पत्ति जोडेर चाटुकारहरुको ताली खान गरिने उत्ताउलो र उरेन्ठेउलो भाषणमा भेटिदैन् सच्चा राष्ट्रवाद ।
न त सीमापारी भात खाएर वारी ढुङ्गा हान्छन् राष्ट्रवादीहरुले । न त रातभरी भातृ संगठनका कार्यालयबाट पेट्रोलियम पदार्थको कालोबजारी गरेर राष्ट्रवादी भईन्छ । स्वपोषित मुठ्ठीभर लफङ्गाहरूलाई चुटकिला सुनाएर ताली ठोकाउँदैमा अब्बल राष्ट्रवादी भईन्थ्यो भने विश्वका शक्तिशाली राष्ट्राध्यक्षहरु नामुद ब्यङ्गकार हुन्थे होलान ।
कल्पना गर्न सक्नुहुन्छ, दक्षिणकाले रक्सीमासु ख्वाएर उत्तरका विरुद्ध गालीगलौज गर्ने अनि उत्तरकाले रक्सीमासु ख्वाएर दक्षिणकालाई गाली गर्नु नै राष्ट्रवाद ठान्ने मित्रहरुको वास्तविकता कति घिनलाग्दो होला ? छिमेकीले थमाईदिएको बन्दुक बोकेर आफ्नै दाजुभाई दिदीबहिनीको हत्या गर्नेहरुको गलामा पचासौं किलोको माला लगाई दिएर देवत्वकरण गर्ने जमातलाई राष्ट्रवाद सँग के लेनादेना ?
चार पैसा हातमा थमाईदिएवापत धर्म बेच्ने र बेच्न मद्धत गर्नेलाई राष्ट्रवादले छुन्छ र ? मदनआश्रितको हत्यारा अनि हत्याराका मतियारहरु अनि प्रजावत्सल राजा वीरेन्द्र परिवारको नृशंस हत्यारा र तिनीहरुका मतियारहरुले तपाई हामीलाई कस्तो राष्ट्रवाद सिकाउलान र हामी राष्ट्रवादी बनेर हाम्रा गुमेका भूमिहरु फिर्ता ल्याऊँला ?
के यिनीहरु हामीलाई नेतृत्व गर्ने औकात राख्दछन त ? अनि अन्त्यसम्म राष्ट्रको लागि लड्लान त ? ठट्टा लाग्दैन तपाइहरुलाई ? सच्चा राष्ट्रवाद हामीकहाँ अत्यन्तै न्यून भनू कि सुसुप्त अवस्थामा छ । जसको नजरमा कुलमान, डा. केसी भन्दा भ्रष्टचारका पितामह भनेर चिनिने बामदेवको मर्यादा उच्च ठानिन्छ ।
हामी कहाँ अहिले चलेको राष्ट्रवाद भन्या उरेन्ठेउलो राष्ट्रवाद, मौसमी राष्ट्रवाद र स्वघोषित राष्ट्रवाद हुन् । अब आँफै सोच्नुस तपाई कुन कित्तामा पर्नुहुन्छ ? भोलि हाम्रा गुमेका भुमि फिर्ता गर्ने क्रममा कुनै आन्दोलन सिर्जना भयो भने तपाईको साथ, सहयोग र भूमिका के कति र कस्तो रहला लेखाजोखा गर्दै गर्नु हैं । फ्रयाङफट, जर्मनी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धनका नेताहरु सरकार जागोउन जे पनि गर्न तयार हुने, जनता रोइरहने ?
बैशाख २९, २०८१ शनिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार