शनिबार , जेठ १, २०७८

बझाङमा मृत फेला परेकी बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि

बझाङमा मृत फेला परेकी बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि

११ भदौ, असोज । बझाङमा मृत फेला परेकी बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ । बालिकाको पोस्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भएको पुष्टि भएको देखाएको हो । जिल्ला अस्पताल बझाङले प्रहरीलाई शनिबार दिएको पोस्टमार्टम रिपोर्टमा योनाङ्गमा घाउ भएको उल्लेख छ ।

तर उनको मृत्युको कारण कलेजो च्यातिएर भएको भनिएको छ। कलेजोमा पनि ठूला घाउ देखिएको छ। टाउको, पिठ्यु र अनुहारमा पनि चोट देखिएको छ। घटनाबारे अनुसन्धान गर्न बझाङका प्रहरी नायब उपरीक्षक रूपक खड्का नेतृत्वमा टोली खटिएको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

घटनास्थल र आसपासका स्थानीय बासिन्दासँग सोधपुछ चलिरहेको छ । गएको बुधबार गाईबस्तुलाई घाँस हाल्न गएकी मस्टा गाउँपालिका २ की सम्झना मृत फेला परेकी थिइन्।

उनलाई बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई कारवाही गर्न शनिबार चैनपुरमा स्थानीय बासिन्दाले प्रदर्शन गरेका थिए। प्रहरीले आरोपित एक जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय