शनिबार , जेठ १, २०७८

प्रदेश नं १ मा १८१ संक्रमित थपिए

प्रदेश नं १ मा १८१ संक्रमित थपिए

११ असोज, विराटनगर ।  पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८१ कोरोना संक्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्या अनुसार यो सबैभन्दा बढी छ । थपिएका संक्रमितमा ६५ महिला र ११६ पुरुष रहेका छन् । सामाजिक विकास मन्त्रालयका अुनसार मोरङमा १६७, सुनसरीमा सात, झापामा तीन, भोजपुरमा दुई, तेह्रथुम र प्रदेश बाहिरका एकएक जनामा संक्रमणको पुष्टि भएको छ ।

यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ४३६ पुगेको छ भने इलाम अस्पताल आइसोलेसन केन्द्रबाट १९, झुर्कीया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाईबाट १२, न्युरो अस्पताल विराटनगरबाट तीन, मारवाडी सेवा सदन आइसोलेसनबाट दुई जना गरी ३६ जनासहित अहिलेसम्ममा दुई हजार ८२५ उपचार पछि घर फर्किसकेका छन् । गएको सो अवधिमा ९६७ जनासहित अहिलेसम्ममा एक लाख २० हजार ९९० जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय