बुधबार , कार्तिक १२, २०७७

आईपीएलमा मयंक अग्रवालको पहिलो शतक

आईपीएलमा मयंक अग्रवालको पहिलो शतक

११ असोज, एजेन्सी । युएईमा जारी आईपीएल क्रिकेटमा किंग्स एलेभेन पञ्जाबका मयंक अग्रवालले पहिलो शतक बनाएका छन् । राजस्थान रोयल्सविरुद्धको खेलमा ओपनिङ व्याट्सम्यानका रुपमा क्रिजमा आएका अग्रवालले चौका र छक्काको बर्षा गराउँदै शतक पूरा गरेका हुन् ।

५० बल खेलेका मयंकले १० चौका र ७ छक्काको मद्दतमा १ सय ६ रन बनाएर आउट भएका हुन् । कप्तान लोकेश राहुलसँगै क्रिजमा आएका मयंकले शुरुदेखि नै विष्फोट व्याटिङ गरेका थिए । राजस्थानविरुद्ध विपक्षी बलरलाई कडा चुनौति दिदै मयंकले साहसी रुपमा शतक बनाएका हुन् ।

शतक बनाएपछि मयंकलाई टोम कुराले सञ्जु स्यामसनको हातबाट क्याचआउट गराए । लोकेश राहुलसँगै ओपनिङमा आएका मयंकले १ सय ८३ रनको साझेदारी गरे । राहुल भने ६९ रनमा आउट भए ।

युएईमा जारी आईपीएलमा पञ्जाबका दुई व्याट्सम्यानले शतक बनाईसकेका छन् । यसअघि कप्तान लोकेश राहुलले बेंग्लोरविरुद्धको खेलमा शतक बनाएका थिए । जारी सिजनमा एकै टिमका दुई व्याट्सम्यानले शूरुको तीन खेलमै शतक बनाएका हुन् । आजको खेलसँगै मयंकले १०० छक्का पार गरेका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय