बुधबार , कार्तिक १२, २०७७

निरन्तरको वर्षाले ७७ घरमा क्षतिः २१५ उच्च जोखिममा

निरन्तरको वर्षाले ७७ घरमा क्षतिः २१५ उच्च जोखिममा

११ असोज, गलकोट । निरन्तरको वर्षातका कारण बागलुङ जिल्लाको बागलुङ र जैमिनी नगरपालिकामा ७७ घरमा क्षति पुगेको छ भने २१५ घर उच्च जोखिममा रहेका छन् । बागलुङ नगरपलिकामा ६५ घर पहिराेले पूर्ण रुपमा क्षति गरेको छ भने १५० घर उच्च जोखिममा छन् ।

निरन्तरको वर्षातका कारण नगरपलिकाभित्र बाढी पहिरो तथा जमीन भासिने कारणले ६५ घर विस्थापन भएको र १५० घर उच्च जोखिममा रहेको तथ्याङ्क सङ्कलन गरिएको छ । पूर्ण रुपमा विस्थापित हुने गरी क्षति भएका ६५ घरलाई नगरपालिकाका तर्फबाट रु एक लाख ५० हजार राहत उपलब्ध गराउने निर्णय गरिको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए । घर बनाउन सघाउ पुग्ने गरी ६५ घरलाई रु एक लाख ५० हजारका दरले नगद उपलब्ध गराउने गरी विपद् व्यवस्थापन समितिले निर्णय गरेको हो ।

पौडेलका अनुसार जोखिममा रहेको घरका लागि तत्कालै रु १५ हजार दिइरहेको छ । यस्तै जैमिनी नगरपालिकामा १२ घरमा पूर्ण क्षति भएको तथा ५६ घर पहिराको उच्च जोखिममा परेको नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले जानकारी दिए । उनले पछिल्लो वर्षातमा क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिँदै क्षति तथा जोखिम घरको सङ्ख्या बढ्ने बताए । उनका अनुसार घरबाट विस्थापन भएका परिवारलाई राहत दिइँदै आएको छ ।

जैमिनीमा निरन्तरको पहिराेका कारण टुनिबोट दुई र बिनामारेमा एक गरी तीन जनाको ज्यानसमेत गएको छ । नगरपालिकाले ज्यान गुमाएका परिवारलाई तत्कालै किरिया खर्चसमेत प्रदान गरेको छ । यस्तै जिल्लाको काठेखोलामा बिहीबार पहिरोका कारण एक जनाको ज्यान गएको छ । यसैगरी काठेखोला गाउँपालिका–१ चनौटेको तल्लोथरमा पहिरो खस्दा एक दर्जनभन्दा बढी घर जोखिममा रहेको स्थानीयवासी कृष्ण थापाले जानकारी दिए ।

गाउँपालिकाको भीमापोखराको दपासामा, रेशको भुदीखोला र लेखानी जाने सडकसमेत क्षति पुगेको छ । अविरल वर्षाका कारण विभिन्न स्थानमा क्षति पुगेको र तथ्याङ्क सङ्कलनको काम जारी रहेको काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए। यस्तै गलकोट नगरपालिका वडा नम्बर १ चौराहा बर्खेधारमा मध्यपहाडी लोकमार्ग भत्किँदा बागलुङ–बुर्तिबाङ सडकखण्डको सवारी साधन आवागमनमा समस्या भएको छ ।

चौराहा, रुपाखानी, पात्लेखोला जाने गोरेटो बाटोमा पहिरो खसेको छ । लोकमार्गको पहिराका कारण दुई घर पहिरोको उच्च जोखिममा छन् । निरन्तर परेको वर्षात्का कारण नगरपालिकाको १ नं वडामा स्थानीयवासी भीमबहादुर थापा काउचा र विष्णु राना श्रीसको घर उच्च जोखिममा परेको स्थानीयवासी हीराबहादुर काउँचाले जानकारी दिए । पहिरोले घर गोठ जोखिममा परेपछि पशुपक्षी, अन्नपात र लत्ताकपडा छिमेकीका घरमा सारिएको उनले बताए ।

यस्तै सोही नगरपालिका वडा नम्बर ११ रिघामा पहिरोले पाँच घर जोखिममा परेका छन् । वर्षात्ले स्थानीयवासी चन्द्रबहादुर कामी, टेकबहादुर श्रीस, चन्द्रबहादुर नेपाली, मित्रबहादुर थापा र अम्मरबहादुर श्रीसको घर जोखिममा परेको गलकोट नगरपाालिका वडा नम्बर ११ का वडाध्यक्ष डम्बर श्रीसले जानकारी दिए । उनीहरुले छिमेकीका घरमा आश्रय लिएको र केहीले पाल टाँगेर बसेको वडाध्यक्ष श्रीसको भनाइ छ ।

यस्तै बडिगाड गाउँपालिकाको खर्वाङ बजारस्थित मध्यपहाडी लोकमार्गमा खसेको पहिराेले तीन घर जोखिममा परेका छन् । सोमबार बडिगाड –२ राक्सेमा आएको बाढीका कारण चार परिवार विस्थापित भएका छन् । गाउँपालिकाभित्र पर्ने मध्यपहाडी लोकमार्ग पनि ठाउँठाउँमा पहिरोले क्षतविक्षत बनाएको छ । जिल्लाका १० स्थानीय तहमा रहेको विपद् व्यवस्थापन समितिले क्षतिको विवरण सङ्कलन गरिरहेका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, जिल्ला अस्पतालमा सिल स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, जिल्ला अस्पतालमा सिल ७ दिन पहिले
प्रशासनको आग्रह बेवास्ता गर्दै क्रसर उद्योग पुनःसञ्चालन प्रशासनको आग्रह बेवास्ता गर्दै क्रसर उद्योग पुनःसञ्चालन ३ दिन पहिले
नर्भिक अस्पताल भएर के गर्नु ? कोरोना लाग्दा मालिक वसन्त घरमै बस्न बाध्य ! नर्भिक अस्पताल भएर के गर्नु ? कोरोना लाग्दा मालिक वसन्त घरमै बस्न बाध्य ! ७ दिन पहिले
अमेरिकामा राष्ट्रपति चुनावका लागी चार करोड भन्दा बढी मत अमेरिकामा राष्ट्रपति चुनावका लागी चार करोड भन्दा बढी मत ६ दिन पहिले
खर्च व्यहोर्न नसक्ने संक्रमितको उपचार निःशुल्क गर्न मन्त्रालयकाे निर्देशन खर्च व्यहोर्न नसक्ने संक्रमितको उपचार निःशुल्क गर्न मन्त्रालयकाे निर्देशन ३ दिन पहिले
आमा मिथिला पाण्डेका हातबाट राष्ट्रपतिले गरिन टीका ग्रहण आमा मिथिला पाण्डेका हातबाट राष्ट्रपतिले गरिन टीका ग्रहण २ दिन पहिले
लोकपप गायक सुनिल गिरीको दशैँ कोशेली ‘मसला’मा सुधिर, जेबिका र बुद्धिको रोमान्स लोकपप गायक सुनिल गिरीको दशैँ कोशेली ‘मसला’मा सुधिर, जेबिका र बुद्धिको रोमान्स ४ दिन पहिले
सडकको मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दै सडकको मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दै ३ दिन पहिले