बुधबार , कार्तिक १२, २०७७

आईपीएलमा मयंकको पहिलो शतक छायामा ! राजस्थानको किर्तिमानी जित

आईपीएलमा मयंकको पहिलो शतक छायामा ! राजस्थानको किर्तिमानी जित

१२ असोज, एजेन्सी । आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले किर्तिमानी दोस्रो जित हात पारेको छ । पञ्जाबले दिएको २ सय २४ रनको विशाल लक्ष्य खेल सकिन ३ बल बाँकी छदै ६ विकेट गुमाएर पूरा गरेपछि राजस्थानले ४ विकेटको किर्तिमानी जित हात पारेको हो । यो खेलमा ४४९ रन बनेको थियो । लक्ष्य पछ््याएको राजस्थानले २ सय २६ रन बनाउन सफल भयो ।

राजस्थानलाई जिताउन सञ्जु सामसनले सर्वाधिक ८५ रन बनाए । ४२ बल खेलेका उनले ४ चौका र ७ छक्का हाने । शुरुमै बलटर आउट भएपछि दबाबमा परेको राजस्थानलाई जितका लागि आधार तयार पार्ने काम सामसनले बनाएका हुन् ।

यस्तै कप्तान स्टिभ स्मिथले ५०, राहुल ट्वाइटाले ५३, जोफ्रा आर्चरले १३ र रबिन उथप्पाले ९ रन बनाए । सामसन आउट भएपछि लगभग हारको नजिक पुगेको राजस्थानका लागि राहुलले एकै ओभरमा ३० रन बनाएर टिमलाई जित नजिक पुर्याएका थिए ।

रविन उथप्पा आउट भएपछि क्रिजमा आएका जोफ्रा आर्चरले ३ बलमा दुई छक्कासहित १३ रन जोडे । अन्तिम ओभरमा २ रन चाहिएका बेला क्रिजमा आएका टोम कुरानले चौका हानेर टिमलाई जित दिलाएका थिए । पञ्जाबका मोहम्मद शामीले ३ विकेट लिएपनि टिमलाई जिताउन सकेनन् ।

त्यसअघि दुबईमा टस हारेर पहिले व्याटिङ गरेको पञ्जाबले मयंक अग्रवालको शतकमा २ सय २३ रनको विशाल योगफल बनाएको थियो । मयंकले ५० बलमा १० चौका र ७ छक्का प्रहार गरेर १ सय ६ रन बनाए । यस्तै कप्तान लोकेश राहुलले ६९ र निकोलस पुरनले २५ रन बनाए ।

तर हारसँगै मयंकको पहिलो शतक भने छायामा परेको छ । राजस्थानले भने सर्वाधिक ठूलो लक्ष्य पछ्याएर खेल जित्ने किर्तिमान बनाएको छ । जितसँगै राजस्थानले २ खेलबाट ४ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा छ ।

समान अंक भएपनि रनरेटका आधारमा दिल्ली पहिलो स्थानमा छ । यसपटक दिल्ली र राजस्थान आईपीएल जित्ने लक्ष्यका साथमा मैदानमा दमदार प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय