व्यासमा दैनिक ११ टन फोहोर सङ्कलन, व्यवस्थापन सकस
नेपालबहस संवाददाता
असोज १२, २०७७ सोमबार १६:३५:५०
१२ असोज, तनहुँ । दैनिक ११ टन फोहोर सङ्कलन गरी व्यवस्थापन गर्दै आएको तनहुँको व्यास नगरपालिकाले चार दिनदेखि फोहोर उठाउन सकेको छैन । नगरपालिका कार्यालयले वैकल्पिकरूपमा फोहोर व्यवस्थापन गर्दै आएको दुई स्थान नदीले कटान गरी बगाएपछि फोहोर व्यवस्थापनमा समस्या आएको हो ।
नगरपालिकाले वडा नं ३ स्थित तल्लो मादी नदी किनारमा विगत वर्षदेखि फोहोर व्यवस्थापन गर्दै आएको थियो तर उक्त स्थान नदीले कटान गरेपछि समस्या उत्पन्न भएको हो । गत असार अन्तिम र साउन पहिलो साता परेको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले उक्त स्थान नदीले कटान गरेपछि वैकल्पिकरूपमा माथिल्लो भतेरीमा फोहोर व्यवस्थापन शुरु गरिएको थियो ।
फोहोर फ्याँक्न थालेको १५ दिन पनि नबित्दै असोज पहिलो साता परेको अविरल वर्षासँगै आएको बाढीले पुनः माथिल्लो भतेरी कटान गरी बगाएपछि फोहोर व्यवस्थापनमा झनै समस्या आएको हो । नगरपालिकाको वडा नं २, ३ र ४ मा गरी दैनिक ११ टन फोहोर सङ्कलन गर्दै आए पनि असोज ८ गतेदेखि फोहोर उठाउन नसकिएको नगरपालिका सरसफाई उपशाखाका प्रमुख भाग्यशाली ढुङ्गानाले जानकारी दिए ।
उनका अनुसार नगरपालिकाले फोहोर उठाउन नसक्ने अवस्था आएपछि बुधबारसम्म घरको फोहोर बाहिर ननिकाल्न स्थानीयवासीलाई आग्रह गरेको छ । नगरपालिकाले यसअघि वडा नं १० र ४ मा पर्ने माथिल्लो भतेरीमा फोहोर विर्सजन गरी कम्तीमा मंसिर महिनासम्मका लागि बजार क्षेत्रको फोहोर सङ्कलन गरी अस्थायीरूपमा विर्सजन गर्ने योजना बनाएको थियो ।
वडा नं १ स्थित कुन्छाली टोलमा अस्थायीरूपमा फोहोर व्यवस्थापन गर्ने तयारीका साथ स्थानीयवासीसँग सम्झौता भइसकेको ढुङ्गानाले बताए। बस्तीदेखि टाढा रहेको उक्त स्थानमा करिब पाँच रोपनी जग्गामा फोहोर व्यवस्थापन गर्न लागिएको हो । त्यहाँ फोहोर व्यवस्थापन गर्न पाएसँगै कम्तीमा तीन वर्षका लागि तनाव हट्ने अनुमान गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।
वडा नं १० स्थित रानीपानी सामुदायिक वन क्षेत्रमा नगरपालिकाले दीर्घकालीनरूपमा फोहोर विर्सजनस्थल निर्माण कार्य अघि बढाएको छ । वातावरणीय प्रभाव अनुसन्धान रिर्पोट आउन बाँकी रहेकाले तत्कालका लागि माथिल्लो भतेरीमा फोहोर व्यवस्थापन गर्न लागिए पनि नदी कटानले समस्या भएको वातावरणीय अध्ययन सहयोग तथा परामर्श समितिका संयोजक एवं व्यास–४ का वडाध्यक्ष विश्व न्यौपानेले जानकारी दिए ।
उक्त क्षेत्रमा करिब सात रोपनी जग्गा पर्याप्त मात्रामा रहेकोले फोहोर विर्सजनको संम्भावना बढी रहेकोले प्रक्रिया अघि बढिरहेको न्यौपानेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
जेठ १, २०८१ मंगलबार
सुकेधारामा पुरुषको शव फेला
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
अफगानिस्तानमा चालीस हजार बालबालिका घरबारविहीन
जेठ १, २०८१ मंगलबार
जीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार