नवीन घिमिरे उर्फ मलि खाँ
नेपालबहस संवाददाता
असोज १४, २०७७ बुधबार १८:४:५२
विसंगति र वेथितिबारे सत्यतथ्य उजागर गर्ने संञ्चारमाध्यमहरु नै हुन् । हालै अवकाश प्राप्त प्रमुख आयुक्त नवीनकुमार घिमिरेका बारेमा नेपालबहस डटकममा सान्दर्भिक लेख पढन पाउँदा खुशी लाग्यो । लेखमा उल्लेख भएझै निजामती सेवामा हुँदा घिमिरे त्यति विवादित नभएको कुरा असत्य होईन ।
हो, मण्डी ओढेर ध्यु खानेहरु विवादमा आउन केही समय लाग्छ । त्यसैले नवीन लियाकत अलि खाँ पक्कै रहेनन बरु गुलाम अलि खाँ (मलि खाँ) भएर अख्तियारबाट बाहिरिए । उनी बारे मेरो नजरमा भएको केही थप जानकारी यस्तो छ । निजामति सेवामा हँदा घिमिरेले गृहसचिव हुन निकै पापड बेलेका थिए ।
उनले ठुलो कसरत गरेर बबरमहल रिभिजिटेडमा तत्कालिन गृहमन्त्री बिजयकुमार गच्छदारको तर्फबाट दुईजना मधेशवादी नेताहरु (रामेश्वर राय यादव र जितेन्द्र देव)सँग ठुलो व्रिफकेशसहित घिमिरेको भेटघाटले निकै चर्चा पाएको थियो । नेता गच्छदारका पुत्रको मालिस पनि मलिखाँबाट भयो ।
गृहसचिवबाट अवकाश प्राप्त भएपछि अख्तियारको आयुक्तको लागि यिनले किन प्रयत्न गरे र प्रमुख आयुक्त नै सफल भए, प्रशस्त शंका गर्ने ठाँउ छ । किनकी आयुक्तमा मात्र मरिहत्ते गर्न सचिव भैसकेको व्यक्तिलाई सुहाउदैन् । घुस खान छुट भएका केही सरकारी अड्डा मध्यको एक अख्तियार भएकोले द्रव्यपिचासहरु साम, दाम, दण्ड, भेद सबै प्रयोग गरी सो पद ओगटछन् । केही समयदेखि अथाह सम्पति कमाउने उद्देश्यसहित यस्तो प्रवृत्ति देखिन थालेको छ ।
यही शैली अपनाएर घिमिरे आयुक्त .भए र केही वर्षपछि विभिन्न शक्तिकेन्द्र धाएर, वाचाकसम खाएर प्रमुख आयुक्त पद हत्याउन सफल भए । निश्चय नै उनको नियुक्तिमा प्रमुख भुमिका प्रधानमन्त्री केपी ओलीकै रह्यो । उनको कार्यकालमा कसलाई मुद्दा लगाउने, कुन मुद्दा तामेलीमा राख्ने, कुन मुद्दामा पुनरावेदन गर्ने वा नगर्ने विषयमा घिमिरे ओली दरवारबाट पुरै निर्देशित रहे । एक आज्ञाकारी मलिखाँले गर्नुपर्ने सबै काम गर्दागर्दै पनि ओलीका आफनै समकक्षीहरु (माधव,प्रचण्ड) आदिलाई इच्छापुर्ति गर्ने कामको आँट भने नवीनले गर्न सकेनन् ।
पाँच सय र हजार रुपैयाँका घुस मुद्दा चलाएर मानिसलाई आत्महत्या गर्ने स्थितिमा समेत यिनले पु¥याए । आफै कोरोना संक्रमित हुँर्दै गर्दा पनि आखिरी समयसम्म निर्देशानुसार र आफनै स्वार्थका मुद्दा चलाउने र तामेलीमा राख्ने जस्ता काम द्रुतगतिमा जारी राखे । यिनी जस्तो अख्तियारमा यति ठुलो विवादमा परी जनताको नजरमा यसरी गिरेका बिगतका प्रमुख आयुक्तहरु विरलै थिए ।
बिगतमा सुर्यनाथ उपाध्याय बारे पनि टिप्पणी भएका हुन, आयुक्त वेदप्रकाश शिवाकोटी र राजनारायण पाठक पनि विवादमा परे । लोकमान सिंह कार्की प्रमुख हुदाँ तहल्कानै मच्चियो भने हाकाहाकी कार्यालयमै पैसा असुल्ने दीप वस्नेत पनि मुद्दा झेल्दैछन् । तर घिमिरेको पालामा जस्तो गुलामी कहिल्यै भएन । जानकारहरु भन्छन्, यस्तो ठाँउमा बसेर एकदुई अर्ब कमाई गर्नु त साधारण कुरा नै हो आजको नेपालमा ।
बामपन्थी नेता चित्रबहादुर केसी यो भष्ट्राचार र वेथितिको दोष सरकार प्रमुख ओलीलाई दिन्छन् र यिनी नसुध्रेसम्म केही सुधार नहुने ठोकुवा समेत गर्दछन् । ठुला ठुला काण्डहरु चाहे त्यो एनसेल सम्बन्धि हुन वा रञ्जन बारेको निर्णय वा बजेटमा भएको लज्जास्पद नीतिगत भष्ट्राचार हरेकमा ओलीको संग्लनता देख्दछन् । मिलेमतोमा निर्णय र भागवण्डा हुने गर्छ आजकाल देशमा ।
एक समयका सम्मानित निकायहरुलाई वेश्यालय र शौचालयको संज्ञा दिन थालिएको छ । भ्रष्ट र जनताले फिटिक्क नरुचाएका विभिन्न क्षेत्रका व्यक्तिहरुको संरक्षण भने ओलीबाट भएकै छ । लाजशरमको केही हिसाबकिताव छैन् । विवादित मलिखाँ (घिमिरे) ले पनि हालै तक्मा पाए । नपाउन पनि किन ? जब उनको पुरा समय (एक विद्धान अधिवक्ता ओमप्रकाशका अनुसार) गुलामी मै बित्यो ।
अब आउने अख्तियारका आयुक्त र प्रमुख आयुक्तहरु पनि यस्तै प्रवृत्ति र शैलीका भए भने अख्तियार वास्तवमै बेश्यालय हुनेमा दुविधा हुनेछैन् । चेतना भया ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
बन्दिपुर जाने बाटोको प्राकृतिक मनोरम दृश्य
बैशाख १४, २०८१ शुक्रबार
मुम्बईको अदालतले दियो रवि किशनलाई ठूलो राहत, डीएनए परीक्षण गर्न अस्वीकार
बैशाख १४, २०८१ शुक्रबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
भरतपुरका होटलले पर्यटकलाई छुट दिने
बैशाख १४, २०८१ शुक्रबार
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
बैशाख १४, २०८१ शुक्रबार
कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक
बैशाख १४, २०८१ शुक्रबार