आधुनिक फूटबलको राजधानीमा एक्लिएका राजा !
नेपालबहस संवाददाता
असोज १४, २०७७ बुधबार २२:१२:३२
१४ असोज, एजेन्सी । विश्व फूटबलमा स्पेनलाई अहिले राजधानीका रुपमा चिनिन्छ । खासगरी रियल मड्रिड र बार्सिलोना जस्ता विश्वकै चर्चित र उत्कृष्ट फुटबल खेल्ने खेलाडी भएर स्पेनलाई आधुनिक फूटबलको राजधानी भनिएको हो ।
मेस्सी र रोनाल्डो जस्ता खेलाडीले खेल्ने ला लिगाकै कारण पनि स्पेन झन बढी चर्चित बन्यो । विश्वभरमा अहिले बार्सिलोनालाई मन पराउने धेरै छन् । किनकी बार्सिलोना संसारकै एक उत्कृष्ट क्लब हो । अहिले त्यो क्लबका राजा भनेर लियोनल मेस्सीलाई चिनिन्छ ।
तर उनी अहिले एक्ल छन् । अझ भनौ त्यति सफल छैननन् । उनलाई दरो साथ दिने नेयमार र स्वारेजले टिम छाडेपछि मेस्सी एक्लिएका हुन् । उरुग्वेका स्ट्राइकर स्वारेज बार्सिलोनाबाट एट्लेटिको मड्रिड गए भने दुई बर्ष अघि नै नेयमार फ्रान्सको पीएसजी क्लबमा सबैभन्दा महंगो भएर गए ।
बार्सिलोनामा हुँदा दुई दक्षिण अमेरीकी खेलाडी मेस्सी र स्वारेजको मित्रता निकै गहिरो रहेको थियो । उनीहरु मैदानभित्र मात्र होइन बाहिरपनि उत्तिकै राम्रो साथी थिए ।
तर स्वारेज एट्लेटिको मड्रिडमा गएपछि मेस्सीले बार्सिलोनाको आलोचनामात्र गरेका छैनन् असन्तुष्टी पनि पोखेकाछन । त्यो भन्दा अगाडी अर्का मिल्ने साथी नेयमार पीएसजीमा गएका थिए भने सेस फेब्रिगासले छोड्दापनि त्यतिकै कठिन भएको थियो ।
यसै बर्ष मेस्सीका अर्का मिल्ने साथी अर्टुरो भिडालले पनि बार्सिलोना छोडेका थिए । उनी इन्टर मिलानमा अनुबन्ध भएका छन ।
डगआउटमा मेस्सी इरनेस्टो भाल्र्भेडेलाई बर्खास्त गरेपछि खासै खुसी थिएनन् । किनकी मेस्सी र भाल्र्भेडेको निकै राम्रो सम्बन्ध रहेको थियो । त्यसपछि क्वेक्वे सेटिनसँग उनको सम्बन्ध राम्रो रहेन भने हालका प्रशिक्षक रोनाल्ड कोम्यानसँग उनी नजिकिएका छैनन् ।
मेस्सी र बार्सिलोनाको बोर्डसँगको सम्बन्ध पनि राम्रो छैन । जसका कारण पछिल्लो पटक फुटबलको राजधानी मानिने बार्सिलोनामा आधुनिक फुटबलका राजा मेस्सी एक्लिउका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख ३०, २०८१ आइतबार
आइपिएलमा आज कोलकोता र मुम्बई भिड्दै
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार