अब सामाजिक सुरक्षा कोषका भुक्तानीहरु अनलाईनबाटै
नेपालबहस संवाददाता
असोज १५, २०७७ बिहिबार १७:३६:२१
१५ असोज, काठमाडौं । सामाजिक सुरक्षा कोषले राष्ट्रिय वाणिज्य बैंकमार्फत एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस (NPI) को प्रयोग गरी आफ्ना विभिन्न योजना तथा कार्यक्रम सम्बन्धी भुक्तानीहरु अनलाईनबाट सोझै लाभग्राहीको बैंक खातामा जम्मा गर्ने प्रक्रियाको थालनी गरेको छ ।
हाल कोषले उपदान सम्बन्धी भुक्तानीका साथै आश्रित परिवार, दुर्घटना र अशक्तता सुरक्षा योजना, औषधिउपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना लगायतका आफ्ना भुक्तानीहरु (NPI) मा जोडिएका connectIPS e-Payment प्रणालीमार्फत् रियल टाइम र NCHL-IPS मार्फत नन–रियल टाइममा जम्मा हुने व्यवस्था गरेको हो ।
कोषले लाभग्राहीको दाबी अनुरोधसँगै बुझाइएको बैंक खाताका विवरण अनुरुप अनलाईन भुक्तानी प्रदान गर्नेछ । पहिले चेकमार्फत गर्ने गरिएका यी भुक्तानीहरु अब पूर्ण स्वचालित रुपमा अनलाईनबाटै हुनेछ ।
रोजगारदाताले कोषको अनलाईन SOSYS प्रणालीमा आफूलाई रजिष्टर गराई आफ्ना श्रमिकहरुका हकमा गर्ने योगदानमा आधारित रकमको संकलन गत वर्षदेखि नै connectIPS e-Payment तथा यसका सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरुमार्फत् आफ्नो नेपाल बैंक लि.मा रहेको खातामा गर्दै आएको छ । जस अन्तर्गत हालसम्म दश हजार भन्दा बढी कारोबारमार्फत ने.रु. १.७ अर्ब बराबरको रकम संकलन भइसकेको छ ।
सामाजिक सुरक्षा कोषले सुरुवातदेखि नै डिजिटल भुक्तानी प्रक्रियाहरुलाई आत्मसाथ गर्दै आएको छ । कोषको यस विभिन्न भुक्तानीहरु अनलाईनबाट सोझै लाभाग्राहीको बैंक खातामा जम्मा गर्ने प्रक्रियाको थालनीले कोषको डिजिटलाईजेशन प्रक्रियालाई थप टेवा पु¥याएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१ मंगलबार
पर्यटन महोत्सवको अवसरमा डोको र टपरी बुन्ने प्रतियोगिता हुने
जेठ १, २०८१ मंगलबार
शिक्षकले महिनामै तलब पाउने, दलको सदस्य हुन नपाउने कानुनी व्यवस्थामा कडाई गरिने
जेठ १, २०८१ मंगलबार