इनर्वाबाट दुई करोड ५० लाखकाे हरियो केराउ बरामद
नेपालबहस संवाददाता
असोज १५, २०७७ शुक्रबार १:१९:३४
१५ असोज, वीरगञ्ज । भारतीय सिमानासँग जोडिएको पर्साको इनर्वा गाउँबाट प्रहरीले करिब रु दुई करोड ५० लाख मूल्यबराबरको तीन लाख २५ हजार किलो हरियो मटर बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।
पर्सा प्रहरीका अनुसार हरियो मटर वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित भारतको सीमा नजिकै एउटा गोदाममा भण्डारण गरी राखिएको अवस्थामा सो परिमाणको मटर बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए । उनले चाडपर्वलाई लक्षित गरी भारततर्फ तस्करी गर्ने उद्देश्यले नेपाल भारत सीमा नजिकैको एउटा गोदाममा भण्डारण गरिएको अवस्थामा प्रहरीले छापामारी गोदाम सिल गरिएको बताए ।
ललितपुर निवासी वेदान्तजङ्ग राणाको नाममा दर्ता रहेको प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङले तस्रो मुलुकबाट मगाएको सो हरियो मटर सीमा नजिक एउटा गोदाममा अवैधरूपमा राखिएको अवस्थामा फेला परेको बताइएको छ । अवैध कारोबार नियन्त्रणका लागि परिचालन गरिएको प्रहरी टोलीले मंगलबारबार राति नेपालबाट भारततर्फ सामान ओसार्ने ट्र्याक्टरको पिछा गर्दै जाँदा सो गोदामसम्म प्रहरी पुगेपछि उक्त मटर भण्डारण गरिएको अवस्थामा फेला परेको हो ।
प्रिज्म कम्पनीले केराउ विक्री गरेको बिलमा खरिदकर्ताको ठाउँमा आफ्नै नाम उल्लेख गरिएको भने पनि बाराको परवानीपुर गाउँपालिका–३ लिपनीमा उक्त कम्पनीको आधिकारिक कार्यालय रहेको छ । अहिले भारतीय सीमासँग जोडिएका नेपाली गाउँमा तस्करहरुले घर भाडामा लिई सामानहरु राख्ने गरेको र रातको समयमा ती सामान भारततर्फ लग्ने गरेको स्थानीयवासीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार