विभिन्न मुद्दाका फरार ८ अभियुक्त पक्राउ
नेपालबहस संवाददाता
असोज १५, २०७७ शुक्रबार २:३५:१३
१५ असोज, गलकोट । जिल्ला प्रहरी कार्यालय बागलुङले आठ फरार अभियुक्तलाई आज पक्राउ गरेको छ । जिल्ला अदालतले फैसला सुनाई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका विभिन्न मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।
गोबध मुद्दामा पाँच महिना १७ दिन कैद सजाय भुक्तान गर्न बाँकी जैमिनी नगरपालिका–६ का गगन नेपाली र २२ वर्षीय कृष्णबहादुर नेपालीलाई पक्राउ गरिएको छ । यस्तै सार्वजनिक मुद्दामा रु दुई हजार जरिवानाका जैमिनी–६ का ३० वर्षीय रामबहादुर नेपालीलाई पक्राउ गरिएको छ ।
यसैगरी आगलागी मुद्दामा जैमिनी–८ छिस्तीका ७४ वर्षीय बलबहादुर सुनार विकलाई पाँच महिना ६ दिन कैद भुक्तान गर्नलाई पक्राउ गरिएको हो । यस्तै जबर्जस्ती करणीमा नौ महिना २१ दिन कैद भुक्तान गर्न बाँकी रहेका जैमिनी–९ का ३३ वर्षीय भुवन अधिकारी पक्राउ गरिएको हो ।
यसैगरी लुटपिट मुद्दामा ढोरपाटन नगरपालिका–१ का ४५ वर्षीय अर्जुन गौचनलाई रु पाँच हजार जरिवाना, कुटपिट मुद्दामा चार महिना २८ दिन कैद र रु एक हजार ५०० जरिवाना तोकिएका बडिगाड गाउँपालिका, दर्लिङका २९ वर्षीय डोरबहादुर घर्ती र दीपेन्द्र बुढालाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको सूचना अधिकारी रेग्मीले जानकारी दिए ।
तीस हजार गाँजाको बोट नष्ट
जिल्ला प्रहरी कार्यालयले निसीखोला गाउँपालिका–६ सिपमा ठूलो मात्रामा गाँजा खेती नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय बुर्तिवाङ र विपद् व्यवस्थापन गुल्म बागलुङबाट खटाइएको प्रहरीले आज करिब ६० रोपनी जग्गामा लगाइएको ३० हजार गाँजाका बोट काटेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेग्मीले जानकारी दिए ।
बागलुङ प्रहरीले केही दिनदेखि अवैध रुपमा रहेको गाँजा र घरेलु मदिरा नष्ट गर्ने अभियान चलाएको छ । सोअन्तर्गत निसीखोलामा ठूलो मात्रामा गाँजा खेती गरिँदै आएको भन्ने सूचनाका आधारमा प्रहरी परिचालन गरी नष्ट गरिएको रेग्मीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा, काठमाडौंमा रजौरे र अपराध महाशाखामा भट्टराई
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार
नयाँ आविष्कार- अब इलेक्ट्रोनिक ग्याजेट हथौडाले हने पनि नफुट्ने
बैशाख १५, २०८१ शनिबार
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
बैशाख १५, २०८१ शनिबार
बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै
बैशाख १५, २०८१ शनिबार
भारतको सहयोगमा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण
बैशाख १५, २०८१ शनिबार