रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जो वितरण अभियान तीव्र
नेपालबहस संवाददाता
असोज १७, २०७७ शनिबार १३:५:२६
१७ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण फैलँदै जाँदा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जो वितरण पनि बढ्न थालेको छ । गुर्जोको बिरुवा, धुलो, डाँठ र चिया निःशुल्क वितरणमा लागेका अभियानकर्मी कमलबहादुर राजलवटले उपत्यकाका विभिन्न स्थानमा माग अनुसार वितरण गरिएको जानकारी दिए । आन्तरिक राजश्व कार्यालय लहानका कार्यालय प्रमुख राजलवटले सरकारी निवास रहेको स्थानमा उत्पादन गरेको गुर्जोको बिरुवा देशव्यापी निःशुल्क वितरण गरिएको सुनाए ।
हालसम्म करिब ९० हजार वटा गुर्जाको बिरुवा निःशुल्क वितरण गरिएको छ । चाँगुनारायण नगरपालिकाको दुवाकोटमा ३००, धुलो, चिया र डाँठ समेत वितरण गरिएको छ । खाली पेटमा मनतातो पानीमा गुर्जोको धुलो राखेर खाएमा तरोताजा अनुभव हुने गरेको छ । पातञ्जल योग समिति, चक्रपथ सफाइ अभियानको पश्चिम खण्डमा गरी ३५० वटा गुर्जो वितरण गरिएको छ ।
यसैगरी त्रिभुवन विश्वाविद्यालयको राजनीति शास्त्र, भूगोल लगायत चार विभागमा करिब ४०० बिरुवा वितरण गरिएको छ । महालक्ष्मी नगरपालिका वडा नं. १ इमाडोलमा पनि ३०० बिरुवा हस्तान्तरण गरिएको अध्यक्ष राजलवटले जानकारी दिए । यसैगरी काठमाडौ महानगरपालिका वडा नं १० मा पनि गुर्जोको बिरुवा निःशुल्क वितरण गरिएको छ । वडा अध्यक्ष रामकुमार केसीलाई कोरोना पोजेटिभ भएकालाई दिने गरी ३० किलो गुर्जोको धुलो समेत वितरण गरिएको छ ।
यसैगरी गोकर्णेश्वर नगरपालिका वडा नं. ४ स्थित निर्माणधीन राष्ट्रिय शहीद स्मारकस्थलमा ५०० बिरुवा हस्तान्तरण गरिएको छ । यी बिरुवा शनिबार रोपिनेछ । अभियानकर्मी राजलवटले लहानको सरकारी निवास रहेको करिब १० कठ्ठा जमिनमा जडिबुटी रोपेका छन । जसबाट हालसम्म कैयौलाई निःशुल्क गुर्जो, धुलो लगायत वितरण गरिएको छ । वाग्मती लगायत उपत्यकाका नदी किनारमा यसअघि गुर्जो रोपिएको छ । उपत्यकामा एक घर एक गुर्जो बिरुवा रोपण अभियानमा लागिएको अभियानकर्मी राजलवट बताउछन ।
गुर्जो मधुमेह, उच्च रक्तचाप, मौसमी रुघाखोकी लगायत रोगका लागि औषधीको काम गर्ने गरेको छ । गर्भवती महिला र पाँच वर्ष मुनिका बालबालिकाका लागि भने गुर्जो सेवन गराउन हुँदैन । आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छन् तिनलाई औषधीको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने भावना अनुसार देशव्यापी रुपमा गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको हो । अभियानले कोरोना पोजेटिभ भएकालाई गुर्जोको धुलो वितरण अभियानलाई समेत तीव्र बनाएको छ । गुर्जोको धुलो मन तातो पानीमा मिसाएर एक हप्ता सेवन गर्ने कोरोना पोजेटिभ भएकामा रोग प्रतिरोधी क्षमता बढाउने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेसहाराको आश्रयस्थल बन्दै बालगृह
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
बैशाख ३०, २०८१ आइतबार
चतराधाम पूर्णमहाकुम्भ मेला अवधिमा ३५ जनाको उद्धार, तीन हजारको उपचार
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार