नेपाल–युरोपेली संयुक्त आयोगको १२ औँ बैठक
नेपालबहस संवाददाता
असोज १७, २०७७ शनिबार २०:२७:४८
१७ असोज, काठमाडौं । नेपालको हवाई सुरक्षाका क्षेत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई प्राविधिक सहायता उपलब्ध गराउने अभिरुचिसहित नेपाल र युरोपेली संयुक्त आयोगको १२औँ बैठक शुक्रबार अप्रत्यक्षरूपमा सम्पन्न भएको छ ।
पारस्परिक हितका विविध विषयमा भएको छलफलमा कोभिड–१९ को महामारीबाट नेपालसहित युरोपेली संका सदस्य राष्ट्रमा परेको प्रभावबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गत अप्रिलमा सङ्घले नेपाललाई अर्थतन्त्रको पुनःउत्थान, श्रमिकको माग, नेपालीको आयमा सहायता अभिवृद्धिका निम्ति करिब रु १० अर्ब २७ करोड ५० लाखको सहायता उपलब्ध गराउन गरेको तयारीबारे पनि बैठकमा विचारविमर्श भएको थियो । अहिलेको महामारीबाट पार पाउन राष्ट्रसङ्घीय विश्व स्वास्थ्य सङ्गठनसमेतको संलग्नतामा बहुपक्षीय रूपमा सहकार्य गर्नुपर्नेमा दुवै पक्षले जोड दिएका थिए ।
सङ्घ र नेपालले जलवायु परिवर्तन, मानवअधिकार, बहुपक्षीयता, सम्पर्क सञ्जाल विस्तार, लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण, विधिको शासन, सुशासन र मौलिक हकलगायत विषयमा छलफल गर्दै तिनको संरक्षण र प्रवद्र्धनमा प्रतिबद्धता व्यक्त गर्नाका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका साझा विषयमा सहकार्य गर्ने भएका छन् ।
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अध्यक्षका रुपमा नेपालले क्षेत्रीय सङ्गठनका गतिविधि र प्राथमिकताबारे बैठकमा जानकारी गराएको थियो । बैठकको सहअध्यक्षता निमित्त परराष्ट्रसचिव भरतराज पौड्याल र एशिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार