रुपा गाउँपालिकाद्धारा एम्बुलेन्स सेवा सञ्चालनमा
नेपालबहस संवाददाता
असोज १९, २०७७ सोमबार १३:५३:४
१९ असोज, कास्की । यहाँको रुपा गाउँपालिकाले आफ्नै एम्बुलेन्स मार्फत जनतालाई सेवा दिने भएको छ । महात्मा गान्धीको १५१ औँ जन्म जयन्तीका अवसरमा भारतीय दुतावासले उपहार स्वरुप गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराएपछि गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन लागेको हो ।
सात वडा रहेको रुपामा यसअघि कोही बिरामी पर्दा अस्पतालसम्म लैजान पोखराबाट एम्बुलेन्स लिन जानुपर्ने बाध्यता रहेको थियो । सांसद खगराज अधिकारीले सो एम्बुलेन्सको साँचो आइतबार गाउँपालिकालाई हस्तान्तरण गरे । गाउँपालिका अध्यक्ष नवराज ओझाले कार्यविधि बनाएर गाउँपालिका आँफैले सहुलिएत दरमा सञ्चालन गर्ने बताए। कोरोना संक्रमण रोक्न आह्वान गरिएको बन्दाबन्दीका अवधिमा समेत गाउँपालिकाले भाडामा लिएर एम्बुलेन्स सेवा निःशुल्क सञ्चालन गरेको थियो । उनले भने ,“लकडाउनका बेला रेडक्रसको एम्बुलेन्स भाडामा लिएर हामीले जनतालाई निःशुल्क सेवा दिएका थियौँ, अब आफ्नै एम्बुलेन्स भएपछि जिल्ला दररेटमा ५० प्रतिशत सहुलियतमा सेवा दिन्छौँ । कोही बिरामी पर्दा एम्बुलेन्सको खोजीामा घण्टौ समय खर्चिनुपर्ने बाध्यता अन्त्य भएको छ ।”
गाउँपालिकाले एक जना विशेषज्ञ चिकित्सक सहित पाँच शय्याको अस्पताल सञ्चानमा ल्याएको छ । चालू आर्थिक वर्षमा सो अस्पतालको स्तरोन्नती गरी १५ शय्यामा विस्तार गर्नका लागि बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । रुपाका सात वटै वडामा प्रयोगशाला सहितको स्वास्थ्यचौकीबाट जनतालाई सेवा प्रवाह गरिने लक्ष्य राखिएको छ ।
हाल वडा नं २ र ३ मा स्वास्थ्यचौकी नभएकाले भवन निर्माणाधीन रहेको गाउँपालिकाले जनाएको छ । सांसद अधिकारीले गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालनका लागि संघीय सरकारले सहयोग गर्ने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
धरमपानी गाउँ
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार