कोरोना कहरमै सडक निर्माण तीव्र
नेपालबहस संवाददाता
असोज २०, २०७७ मंगलबार १३:२७:४९
२० असोज, बनेपा । कोरोना कहरकै बीचमा लाकुरीभञ्ज्याङ–कुशादेवी–पनौती–नमोबुद्ध–चौकीडाँडा सडक विस्तारले तीव्रता पाएको छ । विपी राजमार्गको वैकल्पिक मार्गको रुपमा हेरिएको सो सडकको विस्तारलाई वाग्मती प्रदेश सरकारकाले सहयोग गरेको छ ।
विस्तारित सडक ¥यालेबाट पनौती, शंखु, नमोबुद्ध हुँदै दाप्चा जाडिने र अर्को शंखु दाहालटार हुँदै कटुञ्जेवेंशीमा जोडिने छ । ¥याले–कुशादेवी–पनौती–दाहालटार खण्डमा लुम्बीनी÷खानी ब्राइट जेभीले रु ३८ करोड ८३ लाख १० हजार २३२ मा सम्पन्न गर्ने जनाइएको छ । यसका लागि विसं २०७६ भदौमा सम्झौता गरी आगामी विसं २०७७ फागुन भित्रमा सम्पन्न गर्ने गरी काम भइरहेको छ । ललितपुर जिल्लाको ग्वार्को हुँदै काभ्रेपलाञ्चोक जिल्लाको चौकीडाँडामा पुगेर बिपी राजमार्गसँग सो सडक जोडिने जनाइएको छ ।
बन्दाबन्दीकै बीचमा भइरहेको कामको अवस्थाबारे बुझ्न शनिबार वाग्मती प्रदेशका नीति तथा योजना आयोग र राष्ट्रिय योजना आयोगका संयुक्त टोलीले अनुगमन समेत गरेको छ । सो अवसरमा अयोगका कार्यवाहक उपाध्यक्ष श्यामकुमार बस्नेतले काठमाडौँबाट बाहिरीने र उपत्यका भित्रिने महत्वपूर्ण मार्गको रुपमा लिएको बताए। उनले भने, “प्रदेश र संघीय सरकारले आफ्ना आयोजनाहरुलाई छिटो सम्पन्न गर्ने कुरामा तीव्र गतिमा आयोजनाको अनुगमन गरिरहेका छौँ ।” राष्ट्रिय योनजा आयोगका सदस्य डा रामकुमार फुँयालले सो सडक बहुआयमिक र रणनीतिक महत्व भएको रहेको बताए ।
बन्दाबन्दीकै बीचमा भौतिक कामको प्रगति राम्रो भएको पाइएको उनको भनाइ छ ।पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले सडक विस्तार आयोजना बन्दाबन्दीको समयमा काम भइरहेको बताए ।अहिले सो सडक ग्वार्को–लाकुरीभञ्ज्याङ–¥याले र ¥याले–कुशादेवी–पनौती–दाहालटार सडक विस्तार गर्ने तथा दाहालटार–चौकीडाँडा ट्रयाक खोल्ने गरी तीन खण्डमा ठेक्का सम्झौता भएको छ । यसअन्तर्गत ¥यालेदेखि दाहालटारसम्मको १६ किलोमिटरको स्तोरन्नति भइरहेको छ । सो सडक सञ्चालनमा आएपछि पनौती, धुलिखेल र नमोबुद्ध नगरपालिकाका साथै रोशी गाउँपालिकाकाका १, २, ३, ४, ५ र ७ का बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागलुङपानी–भुजुङ सडक स्तरोन्नती हुँदै
बैशाख ३०, २०८१ आइतबार
यातायात सञ्जालसँग जोडियो म्यादीको निस्कोट
बैशाख ३०, २०८१ आइतबार
लमजुङको घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र सुरु
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार