शुक्रबार , कार्तिक १४, २०७७

सांग्रिला डेभलपमेन्ट बैंक र सिजी मोटोकर्पबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सिजी मोटोकर्पबीच सम्झौता

२० असेज, काठमाडैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र झम्सिखेल, ललितपुरस्थित मुख्य कार्यालय रहेको सीजी मोटोकर्प प्रा.लि. बीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

बैंक र उक्त कम्पनी बीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र सीजी मोटोकर्प प्रा.लि.का तर्फबाट उक्त कम्पनीका महाप्रबन्धक सिराज पन्तले हस्ताक्षर गरेका छन् ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहकहरुले सुजुकी ब्राण्डका गाडीको आधिकारिक बिक्रेता सीजी मोटो कर्प प्रा. लि. बाट नयाँ गाडी खरीद गर्न चाहेमा ९.५ प्रतिशत व्याजदरमा गाडीको मूल्यको ५० प्रतिशतसम्म कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् ।

यो सेवा बैंकको हाल संचालनमा रहेका ९१ वटै शाखाहरुबाट आफ्ना ग्राहकहरूलाई यस किसिमको कर्जा प्रदान गरिने प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय