अस्पताल बनाउन स्थानीय तहलाई बजेट निकासा
नेपालबहस संवाददाता
असोज २१, २०७७ बिहिबार १:३४:५५
२१ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल बनाउनका लागि स्थानीय तहलाई बजेट पठाएको छ । अर्थ मन्त्रालयबाट पहिलो चरणमा २६४ स्थानीय तहलाई पाँचदेखि १५ शैय्याको अस्पताल बनाउनका लागि बजेट पठाइसकेको हो ।
ती स्थानीय तहका स्वास्थ संस्थालाई स्तरोन्नति गरी अस्पताल बनाउनका लागि बजेट पठाइएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । पाँच शैय्याको अस्पतालका लागि रु ७० लाख, १० शैय्याको लागि रु ८५ लाख र १५ शैय्याको लागि रु एक करोड पठाइसकेको छ ।
मन्त्रालयले पाँच शैय्याका लागि ५२ स्थानीय तह, १० शैय्याका लागि १०५ स्थानीय तह र १५ शैय्याका लागि १०७ स्थानीय तहलाई अस्पताल बनाउनका लागि रकम पठाएको हो । यसरी दुई हजार ९१५ शैय्याका अस्पताल बन्ने छन् । मन्त्रालयले प्रचलित कानून, स्वीकृत मापदण्ड, निर्देशिका र भवन आचारसंहिताअनुसार यही कात्र्तिक मसान्तसम्म निर्माण कार्य प्रारम्भ गर्न समेत निर्देशक दिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए ।
यस्तै मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच शैय्याका दरले अस्पताल बनाउन बजेट पठाइसकेको छ । कोरोना भाइरस ‘कोभिड—१९’ को रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले अस्पताल नभएका स्थानीय तहलाई पाँच शैय्याको अस्पताल बनाउन निर्देशन दिएको थियो ।
पाँच शैय्याका दरले ति स्थानीय तहमा तीन हजार २४५ शैय्याका अस्पताल बन्नेछन् । अस्पताल निर्माणका लागि प्रतिशैय्या रु दुई लाखका दरले बजेट विनियोजन गरी पठाइसकेको छ । ती अस्पतालमा एक जना चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगी हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषामा नौ सयभन्दा बढीमा हात्तीपाइले रोग
बैशाख १४, २०८१ शुक्रबार
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
बैशाख १४, २०८१ शुक्रबार
भोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार