पाकिस्तानद्धारा चिनियाँ सोसल मिडिया एप टिकटकमाथि प्रतिबन्ध
नेपालबहस संवाददाता
असोज २४, २०७७ शनिबार १८:१७:३९
२४ असोज, इस्लामाबाद । पाकिस्तानले चिनियाँ सोसल मिडिया एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । ‘अनैतिक’ र ‘अश्लील’ सामग्री रोक्न नसकेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाइएको पाकिस्तान सरकारले जानकारी दिएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै पाकिस्तान दुरसञ्चार प्राधिकरण९पीटीए० ले समाजका विभिन्न तप्काबाट टिकटकमा सेयर हुने विषयबस्तुमाथि गुनासो बढेपछि प्रतिबन्ध लगाउने निर्णय गरिएको बताएको छ ।
टिकटकले ‘अश्लील’ र ‘अनैतिक’ सामग्री नियन्त्रण गर्ने प्रतिबद्धता जनाए मात्रै प्रतिबन्धको समीक्षा गर्न सकिने पनि पीटीएले जनाएको छ । यसबारेमा समाचार एजेन्सी रोयटर्ससँग प्रतिक्रिया दिँदै टिकटकले ‘जहाँ यो एप प्रयोग भइरहेको छ, त्यहाँको कानुन पालना गर्न कम्पनी प्रतिबद्ध’ रहेको बताएको छ । उसले यसबारेमा पीटीएसँग लगातार कुरा भइरहेको पनि बताएको छ ।
पीटीएका अनुसार पाकिस्तानमा प्रतिमहिना टिकटकका २ करोड सक्रिय प्रयोगकर्ता रहेका छन् । पछिल्लो एक वर्षको तथ्यांक हेर्दा पाकिस्तानमा ह्वाट्सएप र फेसबुकपछि टिकटक एप सबैभन्दा बढी डाउनलोड गरिएको छ ।
टिकटक चिनियाँ कम्पनी बाइटडाइन्सको सोसल मिडिया एप हो । पछिल्लो समय यो एप युवा पुस्तामाझ निकै नै लोकप्रिय मानिन्छ । तर यसमा पोस्ट हुने विषयबस्तुलाई लिएर भने बेलाबेलामा विवाद उत्पन्न हुने गरेको छ । केही समयअघि भारतले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै टिकटकसहित सयभन्दा बढी चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो ।
त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि टिकटक अमेरिकी राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्दै प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका थिए । तर त्यहाँको एउटा अदालतले तत्काल टिकटकमाथि प्रतिबन्ध नलगाउन आदेश दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजर्जियामा ‘रुसजस्तो कानुन’ विरुद्ध सडकमा हजारौंको प्रदर्शन
बैशाख ३०, २०८१ आइतबार
राष्ट्रसंघीय प्रमुखद्वारा गाजामा ‘तत्काल’ युद्धविराम र बन्धकलाई रिहा गर्न आह्वान
बैशाख ३०, २०८१ आइतबार
युक्रेनी सेनाले रुसको बेलगोरोडमा गोलाबारी पछि १७ जना अस्पताल भर्ना
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार