मुटुमा हरेक मिनेटमा असामान्य धड्कन
नेपालबहस संवाददाता
असोज २४, २०७७ शनिबार १८:४८:५९
२४ असोज, काठमाडौं । अनशनरत डा.गोविन्द केसीको मुटुमा हरेक मिनेटमा असामान्य धड्कन देखिएको छ । यसबाट एक्कासि मुटुले काम गर्न नसक्ने ‘सडन कार्डियाक एरेस्ट’ जोखिम बढेको र यसअघिका अनशनभन्दा स्वास्थ्यस्थिति जटिल देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
६४ वर्ष पुगिसकेका डा.केसीको यसअघि १५ औं अनशन २७ दिनसम्म चलेको थियो । उपचारमा संलग्न स्वास्थ्य टोलीका संयोजक डा.सुवासप्रसाद आचार्यले अहिले हरेक मिनेटमा एक–दुई पटक असामान्य धड्कन देखिएको बताएका छन् ।
डा. केसीलाई निमोनिया हुने सम्भावना बढी देखिएकाले शुक्रबार छातीको ‘सिटिस्क्यान’ थियो । ‘सिटिस्क्यानमा अलिकति समस्या देखियो,’ डा.आचार्यले भने, ‘छातीमा देखिएको परिवर्तन संक्रमण वा कुन कारणले हो भन्न सकिने स्थिति छैन ।’ थप समस्या पहिचान गर्न शनिबार आज रेडियोलोजिस्टको सल्लाह लिने तयारी रहेको छ ।
डा. केसी शारीरिक रूपमा अत्यन्त कमजोर भएका छन् । छातीमा दुखाइ, थकाइ, मांसपेशी दुखाइसँगै बाउँडिने, चक्कर लाग्नेजस्ता समस्या निरन्तर देखिएका छन् ।उनलाई न्यून परिश्रममा समेत सास फेर्न गाह्रो भइरहेको चिकित्सकले बताएका छन् । शुक्रबार केही क्षण अक्सिजन नदिँदा सास फेर्न गाह्रो भएको थियो । त्यो समय अक्सिजन स्याचुरेसन ८६–८७ प्रतिशतमा झरेको थियो ।
डा. केसीको पिसाब पनि अत्यन्त कम आउने गरेको छ । रक्तचाप ९० र ४० देखि ११० र ६० सम्म देखिएको छ । सुन्ने, देख्ने, निर्णय लिने, बोल्ने शक्तिमा कमी भएको छैन ।’ स्वास्थ्यस्थिति अत्यन्त जटिल भएकाले जोखिम बढ्न नदिनका लागि आईसीयूमा भर्ना हुन चिकित्सकहरूले आग्रह गरे पनि उनले अस्वीकार गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार
बैशाख १४, २०८१ शुक्रबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा महिला पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
बैशाख १४, २०८१ शुक्रबार
विकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
सल्यानटारका विद्यार्थीले बनाए चार पाङ्ग्रे विद्युत्तीय कार
बैशाख १४, २०८१ शुक्रबार
भोलि मतदान हुने इलाम र बझाङमा सबै सवारीसाधन निर्वाध चल्न दिने आयोगको निर्णय
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम
बैशाख १४, २०८१ शुक्रबार