शनिबार , कार्तिक १५, २०७७

सरुवा भएका न्यायाधीशहरुलाई बारले गरे सम्मानपूर्वक बिदाई

सरुवा भएका न्यायाधीशहरुलाई बारले गरे सम्मानपूर्वक बिदाई

धीरुभाइ

२४ असोज, सप्तरी । सप्तरी बार इकाईले सरुवा भएका न्यायाधीशहरुलाई शनिबार एक समारोहबीच सम्मान गर्दै विदाइ गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीशहरु उमेश कोइराला (भक्तपुर), जवाहरप्रसाद सिंह (कपिलबस्तु, कृष्णप्रसाद पौडेल (काठमाडाैं, नन्दकिशोरप्रसाद यादव (जनकपुर), सुदर्शन लामिछाने (मोरंग) जिल्ला अदालतमा सरुवा हुन भएको छ ।

जिल्ला बारका अध्यक्ष डोमन साहले उनीहरुलाई सप्तरीमा पु¥याएको योगदानको कदर गर्दै गम्छा ओढाएर सम्मानपत्रले सम्मान गरेको छ । सम्मान तथा विदाई समारोहमा जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवाली, राजेन्द्रकुमार श्रेष्ठ, सरुवा भएका न्यायाधीशहरु, बारका पूर्व अध्यक्षहरु सुरेन्द्रप्रसाद यादव, रामकुमार यादव, अधिबक्ताहरु मिनाकुमारी देव, भुपेन्द्रनारायण मण्डल, बारका उपाध्यक्ष महेन्द्रप्रसाद देव, सहसचिव रंजिता रिजाल, सचिव ओमप्रकाश यादव लगायतले विदाई शुभकामना मन्तव्य व्यक्त गरे ।

 

 

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय