माई मन्दिर परिसरको तलाउमा कमल ढकमक्क
नेपालबहस संवाददाता
असोज २४, २०७७ आइतबार १:३:५२
२३ असोज, महोत्तरी । दशैँ शुरु हुन केही दिन अझै बाँकी छ । महोत्तरीको प्रसिद्ध शक्तिपिठ मानिने बर्दिवास नगरपालिका–४ माइस्थानस्थित पञ्चधुरा माई मन्दिर परिसरको तलाउ कमलका फूलले ढकमक्क छ । पछिल्लो दुई दशकयता यसपालि नै मन्दिर परिसरको तलाउमा पानी भरिएपछि कमल फुलेको हो ।
करिब दुई दशकअघि मन्दिर परिसरका खोल्सीमा सदावहार कञ्चन पानी बगेको देखेका पाका व्यक्तिहरु यसपालि तलाउ पानीले भरिनु सन्तुलित वर्षाको उपज ठान्छन् । “गत हिउँदमा पनि पानी प¥यो, वैशाखयता पनि निरन्तर वर्षा भइरहेपछि यसपालि वरपरका सबै खोल्सी रसाए”, मन्दिर नजिककै माइस्थान बस्तीका पुराना राजनीतिक, सामाजिक कार्यकर्ता ६० वर्षीय सोमबहादुर कार्की भन्छन, “अहिले मन्दिर परिसरको भरिभराउ तलाउ र यहाँ ढकमक्क फुलेका कमलले २० वर्ष पहिलेको सम्झना ताजा गराएको छ ।” यसपालि गत चैतदेखिकै कोभिड–१९ सङ्क्रमण सन्त्रासले मानव चहलपहल कम भएपछि खोल्साखोल्सीका रुख बिरुवा जोगिन सहयोग पुगेसँगै सबै खोल्सीबाट कञ्चन पानी बगिरहेको उनी बताउछन ।
यसपालि पञ्चधुरा माई मन्दिर परिसरको तलाउ मात्र नभएर वरपरका डावरी ‘पोखरी, तलाउजस्तै खाल्डा’ पानीले भरिभराउ छन् । मन्दिर नजिकैको सशस्त्र प्रहरी बल बाहिनी कार्यालय परिसरको बोरिङले भुलभुलती पानी फ्याँकिरहेको छ । त्यसैगरी बर्दिवास नगर क्षेत्रकै प्रसिद्ध तीर्थस्थल टुटेश्वरधाम, बर्दिवास–३ को राईमण्डल धार्मिक क्षेत्र वरपरका सबै खोल्सीमा कञ्चन पानी बगेको स्थानीयवासी बताउँछन् ।
“चुरे पहाडी शृङ्खलाबाट निस्केका सबैजसो सानाठूला खोल्सीमा यसपालि निर्मल पानी बगेको छ”, विगतमा माइस्थान गाविस छँदा गाविस अध्यक्ष रहेका हाल बर्दिवास–५ गणन्ताका बासिन्दा ८५ वर्षीय धनबहादुर स्याङ्वा भन्छन, “खासमा यसपालि लामो लकडाउनले वन क्षेत्रमा मानव चहलपहल नहुँदा वन्यजन्तु पनि रमाएका छन् ।”
बडादशैँ पर्वमा सधैँ उत्सव मनाइने देवी शक्तिपिठ यसपालि प्रकृतिले पनि रङ्गिएको बूढापाकाको टिप्पणी हुने गरेको छ । पञ्चधुरा माई मन्दिर परिसरको इनारमा यसपालि पानी भरिएर खोल्सीमा बगेको छ । तलाउभरि कमल फुलेका छन् । यसअघि पिउने पानीसमेत नपाएर ठाउँ छाडेका बाँदरसहितका अन्य वन्यजन्तु र चराचुरुङ्गीको कलरवले मन्दिर परिसरको सौन्दर्य उजेलिएको बर्दिवास–४ का वडाध्यक्ष दीपबहादुर कार्की बताउछन । चारैतिरका वनपाखा र वरपरको प्राकृतिक सौन्दर्य भरपूर भएको चुरे पहाडी शृङ्खला अवस्थित यहाँका धार्मिकस्थलको संरक्षणमा स्थानीय तहले थप पहलकदमी लिनुपर्ने नगरवासी बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनमैजुमा आजदेखि अजिमा जात्रा सुरु
बैशाख १०, २०८१ सोमबार
साल्पा सिलिचुङमा ‘सुम्निमा-पारुहाङ र नछुङ’को प्रतिमा स्थापना
बैशाख ९, २०८१ आइतबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागलुङमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार
अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी
बैशाख १४, २०८१ शुक्रबार
मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
बैशाख १४, २०८१ शुक्रबार
अवैध सुन कारोवारमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार