बुधबार , मंसिर १७, २०७७

इजिप्टमा २५ सय वर्षअघि गाडिएका रङ्गीविरङ्गी शवपेटिका फेला

इजिप्टमा २५ सय वर्षअघि गाडिएका रङ्गीविरङ्गी शवपेटिका फेला

२५ असाेज, काठमाडाैं । इजिप्टमा कम्तीमा २५ सय वर्षअघि गाडिएका २७ वटा शवपेटिकाहरू एउटा प्राचीन समाधिस्थलमा फेला परेका छन्। काठबाट निर्मित ती शवपेटिकाहरू राजधानी कायरोको दक्षिणतिर अवस्थित पवित्र स्थल साक्कारामा पुरातत्त्वविद्हरूले एउटा गहिरो खाल्डोबाट उत्खनन गरेर निकालेका हुन्।

त्यहाँ तेह्रवटा पेटिका केही साताअघि फेला परेका थिए भने अहिले थप १४ वटा भेटिएको हाे । यो यस किसिमको सबैभन्दा ठूलो उपलब्धि भएको विज्ञहरूको भनाइ छ।सार्वजनिक गरिएका तस्बिरमा साना वस्तु र काठका रङ्गीन शवपेटिकाहरू देख्न सकिन्छ।  साक्कारा ३,००० वर्षभन्दा लामो समय समाधिस्थलका रुपमा रहेको थियो। अहिले त्यसलाई यूनेस्कोले विश्वसम्पदा सूचीमा राखेको छ।

प्रारम्भिक अध्ययनहरूले ती शवपेटिका पूर्णतः बन्द रहेको र तिनलाई गाडिएपछि अहिलेसम्म नखोलिएको सङ्केत गरेका छन्,” इजिप्टको पुरातात्त्विक मामिला हेर्ने मन्त्रालयले एउटा विज्ञप्तिमा भनेको छ। विज्ञप्तिका अनुसार पुरातत्त्वमन्त्री खालेद अल आनानी उक्त स्थानमा गएपछि मात्र यसबारे घोषणा गरिएको हो। उनले ११ मिटर गहिरो खाल्डोमा अप्ठ्यारो परिस्थितिमा उत्खनन गर्ने कर्मचारीहरूलाई धन्यवाद दिएका थिए । उक्त स्थानमा थप उत्खनन भइरहेको छ।

विज्ञहरूले शवपेटिकाबारे अरू विवरण सङ्कलन गर्ने प्रयास गरिरहेका छन्। मन्त्रालयले आगामी दिनमा थप रहस्यहरू सार्वजनिक गर्ने आफ्नो अपेक्षा भएको बताएको छ। काठका ती पेटिकाछेउछाउ अरू सुन्दर वस्तुहरू पनि फेला परेका छन्।

गत नोभेम्बर महिनामा दुई वर्षअघि साक्कारामा भेटिएका विभिन्न पशुपक्षीका ममीहरू सार्वजनिक प्रदर्शनमा राखिएको थियो। तिनमा बिराला, गोही, सर्प र चराहरूका परिरक्षित शरीर थिए। साक्कारा कायरोबाट ३० किलोमिटर पर छ। प्राचीन इजिप्टको राजधानी मेम्फिसका बासिन्दाले उक्त स्थानलाई सयौँ वर्ष मृतकलाई समाधिस्थ गर्न प्रयोग गरेका थिए।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

स्वर्गीय पत्रकार चौधरीको छोराछोरीको खातामा तीन लाख संकलन स्वर्गीय पत्रकार चौधरीको छोराछोरीको खातामा तीन लाख संकलन ३ हप्ता पहिले
नरवाणेविरुद्ध कांग्रेस बीपीले देखायाे कालोझण्डा र बेलुन, महामन्त्री शेरचनका ड्राइभर र गाडीसमेत घरबाटै पक्राउ नरवाणेविरुद्ध कांग्रेस बीपीले देखायाे कालोझण्डा र बेलुन, महामन्त्री शेरचनका ड्राइभर र गाडीसमेत घरबाटै पक्राउ ४ हप्ता पहिले
उद्योग वाणिज्य महासंघको चुनाव नरोकिने, सर्वोच्चद्धारा आदेश दिन अस्वीकार उद्योग वाणिज्य महासंघको चुनाव नरोकिने, सर्वोच्चद्धारा आदेश दिन अस्वीकार ६ दिन पहिले
कांग्रेसका सांसद पाण्डेले लिए गोपनीयताको सपथ कांग्रेसका सांसद पाण्डेले लिए गोपनीयताको सपथ १ हप्ता पहिले
कुरिलोको भाउ किलोकै ५ हजार रुपैयाँ कुरिलोको भाउ किलोकै ५ हजार रुपैयाँ २ दिन पहिले
उपचारको क्रममा चितवनमा तनहुँकी संक्रमित महिलाको मृत्यु उपचारको क्रममा चितवनमा तनहुँकी संक्रमित महिलाको मृत्यु १ हप्ता पहिले
प्रदेश १ मा ६०० संक्रमित निको भएर घर फर्के प्रदेश १ मा ६०० संक्रमित निको भएर घर फर्के ३ हप्ता पहिले
सहचालकले ट्रक चलाउँदा ३ को मृत्यु, २ घाइते सहचालकले ट्रक चलाउँदा ३ को मृत्यु, २ घाइते ३ हप्ता पहिले