शनिबार , कार्तिक १५, २०७७

कर्णाली प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, उपसभामुख घर्तीको पनि हस्ताक्षर !

कर्णाली प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, उपसभामुख घर्तीको पनि हस्ताक्षर !

२५ असोज, काठमाडौं । कर्णाली प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कार्यशैलीविरुद्ध असन्तुष्टि चर्किएपछि पूर्व माओवादी नेताहरुकै हस्ताक्षरसहित १८ जना सांसदले नेकपा कर्णालीको संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

मुख्यमन्त्रीका प्रत्यासी यामलाल कडँेलले १८ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव संसदीय दलका प्रमुख सचेतक गुलाबजङ शाहलाई बुझाएका हुन् ।

तत्कालिन मुख्यमन्त्रीका प्रत्यासी यामलाल कँडेलको नेतृत्वमा अश्विासको प्रस्ताव दर्ता भएपछि कर्णाली प्रदेश सरकार संकटमा परेको छ । पूर्व माओवादी कोटाबाट मुख्यमन्त्री बनेका शाहीले मनलाग्दी गर्नुका साथै कुनै काम पनि प्रभावकारी गर्न नसकेपछि उनलाई हटाउनुपर्ने दबाब बढेको थियो ।

केही केन्द्रका नेताहरुकै सहमतिमा उनलाई हटाउन लागिएको आशंका गरिएको छ । कर्णाली प्रदेशसभाकी उपसभामुख पुष्पा घर्तीले पनि मुख्यमन्त्री शाहीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी छिन् ।

उनी सुर्खेतका ईन्चार्ज नरबहादुर बिष्टकी पत्नी हुन् । यसले पूर्व माओवादी पक्षले नै मुख्यमन्त्रीबाट शाहीलाई हटाउन लागेको देखिएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय